इटहरीलाइ साउन भरी लकडाउन गरौ भन्दा सिडिओ कडकिएपछि ५ दिनमा झारीयो

  • श्रावण २०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

 इटहरी । कोविड १९ कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको निस्कर्ष निकाल्दै इटहरी उपमहानगरको मंगलबार साझ बसेको आपतकालिन बैठकले बुधबार बिहान ७ बजेदेखि २५ गते राती १२ बजे सम्मलाइ पुर्णरूपमा लक डाउन घोषणा गरेको छ । लकडाउन घोषणा गरिरहदा जिल्ला प्रशाशन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले केहि समय बजार खुल्ला गरी आंशिक लकडाउन गर्दा राम्रो हुन्छ भनेपछि उपस्थित जनप्रतिनिधिहरूसंग चर्काचर्कि समेत परेको थीयो ।

बैठकमा उपस्थित अधिकांस जनप्रतिनिधि तथा व्यवसायीहरूले साउन महिनाभरी लकडाउन गराै भनेका थिए तर प्रमुख जिल्ला अधिकारी पाेख्रेलले लामाे लकडाउन गर्दा जनजिवन अस्तब्यस्त बनिने बताउदै मेयरलाइ छाेटाे समय ताेक्न अनुराेध गरेका थीए । इटहरीका मेयर द्वारिकलाल चाैधरी सुरूमा ब्यवसायीहरूकाे कुरामा सहमत देखिएका थिए तर पछि सिडिअाेकै कुरामा सहमत जनाउदै १५ दिनकाे लकडाउनलाइ ५ दिनमा झारेका थिए । प्रमुख जिल्ला अधिकारी पोख्रेलले लकडाउन मात्रै समस्याको सामधान नरहेको बताउदै पहिला मानिसहरू आफै सुध्रिनुपर्ने औल्याएका थीए । '५ दिन लक डाउन गर्ने भनियो तर ६ दिन पालामा पारा उहि हुने हो १ पोख्रेलले भने ' इटहरी क्षेत्रका व्यवसायहरूलाइ दिउसो निश्चित समय तोकेर खोल्न लगाउने गरियो भने दैनिक ज्यालादारी गर्ने मज्दुरहरू भोकै बस्नु नपर्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले कुरा उठाएका थिए ।

संगसंगै उनले ५ दिन लकडाउन गर्ने अनी छैटौ दिन देखि अनुसाशनहिन भएर बाटोमा मास्क नलगाइ , सामाजिक दुरी नअपनाइ हुलका हुल मान्छे निस्किने गरेले पहिला आफ्नो आचरण सुधार्नुपर्ने औल्याएका थीए । जिल्ला अधिकारी पोख्रेलले तत्काल लकडाउनलाइ अन्तिम बिकल्प नबनाऔ भनिरहदा उपस्थित जनप्रतिनिधिहरूले इटहरीका व्यवसायीहरूले नै लकडाउनको बाटो रोजेकोले यस्को बिकल्प नरहेको बताएका थीए । वार्ड नं ६का वडाध्यक्ष दिपक गौतमले वडामा मात्रै कोरोना बाट संक्रमित हुनेहरूको संख्या ४ जना पुगिसकेकोले त्यहाका स्थानीयहरू त्रसित बनेको र तत्काल लकडाउन गर्न दबाब दिइरहेको बताएका थीए ।

त्यस्तै इटहरी वार्ड नं २० का वडाध्यक्ष मणि श्रेष्ठले पनि तरहरा क्षेत्रका वासिन्दाहरू पनि पुर्णरूपमा लकडाउन हुनुपर्ने माग गर्दै आएकोले इटहरीमा कडा निषेधज्ञा सहितको लकडाउन हुनुपर्नेमा जोड दिएका थीए । यता उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले पनि अहिले कोरोनाबाट केहि हुदैन भन्दै खेलाचि गरिरहदा भोली ठुलो मानवीय क्षती हुन सक्ने औल्याउदै व्यवसायीहरूले लकडाउनकै मार्ग रोजेकोले इटहरीमा कडाइकासाथ लकडाउनको बिकल्प नरहेको बताएका थीए ।

त्यस्तै वार्ड नं ४ का वडाध्यक्ष चन्द्र प्रशाद भट्टराइले इटहरीमा कडाइकासाथ लकडाउन हुनेपर्नेमा दुइमत नरहेको बताए । संगसंगै इटहरीबाट कोरोना संक्रमित भइ आइसोलेसनवार्डमा भर्ना भएका बिरामिहरूको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान पूर्याउन नसकेको औल्याएका थीए ।

आइसोलेसनमा शुद्ध खानेपानी देखि खाना र शौचालय समेत सरसफाइ नभएको गुनासोहरू आइरहेको उनले सुनाएका थीए । बैठकमा इटहरी उपमहानगरका मेयर उपमेयर वडाध्यक्षहरू , उद्याेग वाणिज्य संघका प्रतिनिधि , पत्रकार तथा ब्यवसायीहरूकाे पनि उपस्थिति रहेकाे थीयाे ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved