सर्दु र खर्दुको मुहानको खानेपानी पाइपलाइन तोडफोड, खानेपानी संस्थानका प्रमुखको संलग्नता

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुखको रोहबरमा भत्काइएको छ । फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन भत्काइएको हो । खानेपानी संस्थानको पाइपलाइन आइयुडिपी परियोजनाले बिस्तार गर्दै ठुलो बनाएको थियो । आज मात्रै निर्माण सकिएको पाइपलाइन भत्काइ दिएको परियोजना प्रमुख राजु पोख्रेलले बताए । खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको नेतृत्वमा गएको टोलिले तोडफोड गरेको कार्यरत कर्मचारिले जानकारी गराएको पोख्रेलले बताए ।

उनले भने, `आज नै काम सम्पन्न भएको थियो, त्यसलाइ भत्काएको विवरण आएको छ ।´ सार्वजनिक सम्पत्ती तोडफोड गर्ने लाई कडा कार्बाहि गर्न जनप्रतिनिधि हरुले माग गरेका छन् । वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराईले राज्यको सम्पत्ती दुरुपयोग गर्नेलाइ कार्बाही गर्नु पर्ने बताए ।

यता धरान उपमहानगरपालिका प्रमुख तिलक राईले खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको भनाइ लाई उदृत गर्दै हर्क साम्पाङको समुहले मुहान देखाइ देउ भनेपछी लिएर गएको खुलेको बताए । उनले भने, `राम श्रेष्ठलाई मैले सोधे, हर्क साम्पाङको टोलिले मुहान देखाउनु भनेकाले लिएर गको भने, जसले पनि देखाउ भन्दा लगेर जाने? भन्दै प्रतिप्रश्न गरे ।´ परियोजना प्रमुखलाइ अध्ययन गर्न जिम्मा दिएको ले त्यहा बाट रिपोर्ट आएपछी अघि बढने उनले बताए ।

खानेपानी संस्थानको अनुमती मै आइयुडिपिले पाइपलाइन बिस्तार गरेको उनले बताए । उनले भने, `संस्थानको प्रमुख सहित कर्मचारी र बोर्डमा संस्थानलाइ गाभ्न नहुने भन्दै आन्दोलनमा रहेका हरुले तोडफोड गरेको विवरण आएको छ, क्षतिको पुर्ण विवरण भोलि बिहान स्थलगत अध्ययन पछि थाहा हुन्छ ।´ संस्थानले लामो समय देखि इन्टेक बिस्तारको काममा अबरोध गरेका कारण सम्पन्न हुन सकेको थिएन ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved