इलामको बेरुजु १० पालिकामा ५३ करोड ९३ लाख

  • साउन २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो ।

इलामको चार नगरपालिका र छ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार पैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

उता माई नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा परिक्षणमा गर्दा एक करोड १७ लाख ४६ हजार रुपैयाँ बेरुजु पाइएको छ । आव ०७४/७५ मा माइ नगरपालिकाको ७६ करोड ९४ लाख ७९ हजार रुपैयाँ लेखा परिक्षण गर्दा ४० करोड ५२ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । माई नगरपालिकाले ३९ करोड ३४ लाख ९७ हजार रुपैयाँको बेरुजु फरस्योट गरेको छ । माई नगरपालिकाले बेरुजुको ठूलो रकम फरस्योट गरेपछि इलाम जिल्लाकै बेरुजु रकम घटेको छ । तर, माई नगरपालिकाको बाहेक अन्य स्थानीय तहको भने बेरुजु रकम बढ्दै गएको पाइएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा इलाम नगरपालिकाको एक अर्ब ७० करोड ४६ लाख ९१ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १३ करोड ४१ लाख ७० हजार बेरुजु देखिएको हो । आर्थिक वर्ष ०७४÷७५ मा एक अर्ब ३० करोड ८२ लाख ४८ हजार रुपैयाँ लेखा परिक्षणमा दुई करोड ३४ लाख १४ हजार बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सूर्योदय नगरपालिकामा आव ०७५/७६ मा एक अर्ब ४७ करोड १५ लाख २५ हजारको लेखा परिक्षण गर्दा ९ करोड ५५ लाख ५४ हजार बेरुजु देखिएको छ । आव ०७४/७५ मा एक अर्ब १२ करोड ६८ लाख ७४ हजार रुपैयाँ लेखा परिक्षण गर्दा ८२ लाख ९३ हजार बेरुजु देखिएको थियो ।

देउमाई नगरपालिकामा एक अर्ब ४३ करोड ५० लाख तीन हजार रुपैयाँको लेखा परिक्षण गर्दा ४२ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव २०७४/७५ मा ८ करोड २५ लाख ५० हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा २८ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

गाउँपालिका मध्ये सबैभन्दा बढी माईजोगमाई गाउँपालिकाको बेरुजु देखिएको छ । माइजोगमाई गाउँपालिकाको आव २०७५/७६ मा ७२ करोड ५० लाख ७० हजार रुपैयाँको लेखा परिक्षण गर्दा ११ करोड ५१ लाख ८० हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा ५१ करोड ८८ लाख ३१ हजारको परिक्षण गर्दा ६५ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

फाकफोकथुम गाउँपालिकाको आव २०७५/७६ मा ६७ करोड ४१ लाख ४४ हजार लेखा परिक्षणमा एक करोड ५८ लाख ५४ हजार रुपैया बेरुजु देखिएको छ । आव २०७४/७५ मा ६१ करोड ५४ लाख ७९ हजार लेखा परिक्षण गर्दा १४ करोड ६५ लाख १३ हजार बेरुजु देखिएको थियो ।

त्यस्तै चुलाचुली गाउँपालिकामा आव ०७५/७६ मा ६७ करोड ७७ लाख ५९ हजार लेखा परिक्षण गर्दा एक करोड २३ लाख ५५ हजार बेरुजु देखिएको हो । आव ०७४/७५ मा ५१ करोड ६३ लाख ९३ हजारलेखा परिक्षण गर्दा एक करोड १५ लाख २८ हजार बेरुजु देखिएको थियो । चुलाचुलीको महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा हालसम्म चार करोड १२ लाख १७ हजार बेरुजु मैजुदा रहेको देखिन्छ ।

सन्दकपुर गाउँपालिकाको आव २०७५/७६ मा ५९ करोड ३७ लाख ५४ हजार लेखा परिक्षण गर्दा चार करोड ७५ लाख दुईहजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्ष आव २०७४/७५ मा ४६ करोड ८७ लाख २४ हजार लेखा परिक्षण गर्दा दुई करोड ११ लाख ८० हजार बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।
यस्तौ रोङ गाउँपालिकाको आव २०६५/७६ मा ७१ करोड ३५ लाख ६५ हजार लेखा परिक्षणमा चार करोड ४१ लाख २८ हजार बेरुजु देखिएको छ । आव २०७४/०७५ मा ५७ करोड २३ लाख ३४ हजार रुपैयाँ लेखा परिक्षण मध्ये ४० लाख ६९ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै माङसेबुङ गाउँपालिकाको आव २०७५/७६ मा ६४ करोड ७१ लाख २९ हजार रुपैयाँ लेखा परिक्षण गर्दा पाँच करोड ८६ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ भने आव २०७४/७५ मा ४९ करोड ९४ लाख १२ हजार रुपैया लेखा परिक्षणमा एक करोड ८९ लाख १४ हजार बेरुजु देखिएको छ ।

यता जिल्ला समन्वय समिति इलाममा आर्थिक वर्ष २०७५/७६ मा २७ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा दश हजार रुपैयाँ बेरुजु छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved