राजनीति

    Showing १,८२१-१,८३० of १,९५९ items.
  • प्रदेश १ का तीन मन्त्रीले दिए सामुहिक राजिनामा

    विराटनगर । प्रदेश १ सरकारका तीन जना मन्त्रीले एकसाथ राजिनामा दिएका छन । बदलिएको राजनीतिक परिवेशमा प्रतिनिधि सभा विघटन जस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै आइतबार राजिनामा दिएका हुन । उनीहरू नेकपा दाहाल-नेपाल समूहका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन । हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । प्रदेशसभामा दाहाल- नेपाल समूहलेआज मुख्यमन्त्री राईविरुद्ध  अविश्

    • प्रकाशित मितिः पुस १२, २०७७
    • १,२३८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने निर्णय

    धरान/ प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाईएको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो । आगामी माघ ७ गते हिउँदे अधिवेशन शुरु गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।बैठकले भौतिक पुर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको कार्कीले बताए । मुख्यमन्त्री शेरधन राई विरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ

    • प्रकाशित मितिः पुस १२, २०७७
    • ९९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा सांसदहरु प्रदेशसभा पुगे

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा दाहाल(नेपाल समूहका सांसद प्रदेश सभा सचिवालय पुगेका छन । संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा सांसदको टोली प्रदेश सभा पुगेको हो । नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा सांसद लछुमन तिवारी छन ।

    • प्रकाशित मितिः पुस १२, २०७७
    • १,३३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ताको तयारी

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले घनीभूत छलफल तयारी थालेको छ । आईतबार नै यस्तो प्रस्ताब प्रदेशसभामा दर्ता हुन सक्ने तयारी भएको छ । प्रदेश १ को सरकार विरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसंग छलफल गर्न आफू काठमाडौमै रहेको जानकारी दिंदै नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले भने, “साथीहरुको हस्ताक्षर संकलन गरिसक्नु भएको पनि सत्य हो तयारी भईसकेको छ ।” आचार्यले पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरुले चल्ने भएकोले प्रदेश १ सरकारविर

    • प्रकाशित मितिः पुस १२, २०७७
    • ८९० पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ सरकारको उल्टो दिनगन्ती शुरु: कांग्रेसको समर्थनमा मात्र नयाँ सरकार गठन हुने

    विराटनगर । संसद विघटनपछि सत्तारुढ नेकपा विभाजनको बाटोतर्फ अग्रसर भएसंगै प्रदेश १ सरकार ढल्न उल्टो दिनगन्ती शुरु भईसकेको छ । तर बदलिंदो परिस्थितिबीच नयाँ सरकार गठन भए त्यसलाई राष्ट्रपतिले अपदस्थ गर्न सक्ने त्रास र आशंका प्रदेश सांसदहरुले गर्न थालेका छन । यो प्रदेशमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री शेरधन राईले सरकारको नेतृत्व गरिरहेका छन । पार्टी एकीकरणसंगै सामान्य वहुमतभन्दा धेरै सांसद सदस्यसहित गठन भएको प्रदेश सरकार केन्द्रमा उत्पन्न राजनीतिक परिस्थिति र पार्टी विभाजनसंगै आज हो कि भोलि ढल्ने स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । नयाँ सरकार गठन गर्न नेकपाका दुबै समूह अग्रसर हुँदा उनी

    • प्रकाशित मितिः पुस १०, २०७७
    • ८४८ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश एकमा सरकार परिवर्तनको चर्चा

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटनको घोषणा गरेसंगै फुटको संघारमा पुगेको नेकपाको विघटन केन्द्र देखि प्रदेश हुदै स्थानीय स्तर सम्म आइपुगेको छ । औपचारीक रूपमा बिभाजित हुन थालेको नेकपा बिवादले प्रदेश एकमा सरकार परिवर्तन हुने सम्मको चर्चा चुलिएको छ । केन्द्रमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड पक्षले बेग्ला बेग्लै बेठक डाक्दै केन्द्रीय सदस्यहरू तानातान गर्न थाले पछि यता प्रदेश एकमा भने सरकार परिवर्तनको हल्ला चुलिएको हो । नेकपाको गुटगतरुपमा बेग्ला बेग्लै समिती गठन हुन थाले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने र सरकार परिवर्

    • प्रकाशित मितिः पुस ८, २०७७
    • १,५९६ पटक पढिएको
    • "तेजबहादुर बन "
  • संसद विघटनको विरोधमा विराटनगरमा कांग्रेसको प्रदर्शन

    विराटनगर । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा तीनपैनी चौकमा भेला भई कांग्रेस नेता तथा कार्यकर्ताले विरोध जुलुस प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन संविधान विपरीत भएको कांग्रेसको ठहर छ । विरोध जुलुसको नेतृत्व मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले गरेका थिए । जुलुसमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सार्वजनिक लेखा समिति प्रदेश १ का सभापति शिवनारायण सिंह गन्गाई, प्रमुख सचेतक केदार कार्की लगायत नेता सहभागी थिए । सहभागीले प्रम केपी ओलीको विरो

    • प्रकाशित मितिः पुस ६, २०७७
    • १,१३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटन गर्न राष्ट्रपती समक्ष सिफारीश

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । तर नेकपाकै अर्को पक्षले भने सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । संसद विघटनको सिफारिस सँगै आम जनमानसमाअब के हुन्छ भन्ने चासो बढेको छ । संविधानमा संसद विघटनसम्बन्धी प्रावधानबारे भने प्रष्ट खुलाइएको छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ । संविधानको धारा ७६ को उपधारा ७ को

    • प्रकाशित मितिः पुस ५, २०७७
    • २,४८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा विवादको बाछिटा भ्रातृ संगठनसम्म आईपुग्यो, प्रदेश १ मा धमाधम गुटभेला

    विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।” बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • १,०४४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट कार्यान्वयन प्रति कांग्रेसको आशंका, संशोधन गर्न दबाब, मुख्यमन्त्री शिलान्यासमा मात्र केन्द्रीत भएको आरोप

    विराटनगर । प्रदेश १ संसदमा प्रमुख विपक्षी कांग्रेसले तुरुन्तै प्रदेशसभा अधिवेशन शुरु गरी बजेट संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिएको छ । संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले अहिलेको बजेट कार्यान्वयन नै हुन नसक्ने भन्दै यसलाई संशोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । विपक्षी दलका नेता राजीव कोइरालाले भने, “सरकारले पहिले ल्याएका कतिपय कार्यक्रममा बजेट कार्यान्वयन हुने अवस्था देखिएको थियो तर आर्थिक मामिला मन्त्रालयले नै आधामात्र बजेट कार्यान्वयन गर्न भन्दै मन्त्रालयहरुलाई पत्राचार गरेकोले अब बजेट संशोधन गरेर जानुपर्छ । कार्यान्वयन हु

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • ७८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved