नेकपा विवादको बाछिटा भ्रातृ संगठनसम्म आईपुग्यो, प्रदेश १ मा धमाधम गुटभेला

  • मंसिर २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt क्याप्सन / मोरङको गछियामा आयोजित राष्ट्रिय युवा संघ प्रदेश १ स्तरीय गुटभेलाका सहभागी

विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे ।

पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।”

बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका विद्यार्थी तथा भातृ संगठनले गुटगत रुपमा धमाधम अलग अलग कार्यक्रम गरिरहेका छन । एक पक्षले अर्कोलाई ‘निषेध’ गरिएका कार्यक्रममा सहभागी नेताहरुले पार्टी एक रहेको र नफुट्ने दाबी गर्न भने छाडेका छैनन् । कतिपयले यस्ता गुट भेलालाई ‘पार्टी फुटन् नभएर जुट्नका लागि दबाब’ दिन आयोजना गरिएको भन्ने गरेका छन ।

नेता बास्कोटाले ओलीको बचाउँ गर्दै, “हठात रुपमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हटाउने भन्ने कुरा नहुने बरु प्रधानमन्त्री छाड्न संसदीय अभ्यास अनि आम निर्वाचनमा विधि हो” भनेका छन । अध्यक्ष छाड्न महाधिवेशनले मात्र सक्ने र महाधिवेशन ४ महिनापछि हुने उनले बताए । बास्कोटाले शिक्षक हत्याको घटना निन्दनीय भएको भन्दै विप्लवलाई मूलधारको राजनीतिमा आउन पनि आग्रह गरेका छन । तर, अलग अलग कार्यक्रमबारे सोधिएको प्रश्नमा उनले ठूलो पार्टीमा कार्यक्रमहरु हुनु स्वभाविक भएको बताए ।

शनिबार गछियाको सिग्देल प्रतिष्ठानको भवनमा राष्ट्रिय युवा संघको प्रदेश स्तरीय भेला भएको छ । तर, कार्यक्रममा ‘ओली पक्षधर र उनलाई नेता मान्नेहरु ’मात्र सहभागी थिए । तर, त्योभन्दा फरक गुटका युवाहरुलाई निमन्त्रणा गरिएको थिएन । नेकपाकै अर्को गुट प्रचण्ड–नेपाल समूहका युवा नेता कार्यकर्ताको सहभागिता बिना गरिएको कार्यक्रममा एक हजारभन्दा बढी सहभागी भएको युवा नेता भाष्कर खनालले जानकारी दिए । खनालले भने, “युवा साथीभाईहरुको निक्कै ठूलो उत्साह र सहभागिता बीच कार्यक्रम सम्पन्न भएको छ ।” खनालका अनुसार धेरै ठाउँबाट मोटरसाइकल ¥याली सहित युवा नेता तथा कार्यकर्ता गछिया चौक पुगेका थिए ।

झापा, मोरङ र सुनसरीका पालिकाहरुबाट भने युवाहरुको मोटरसाइकल ¥याली समेत निस्किएको थियो । “एक पक्षीय सहभागिता नै गराइएको हो,” खनालले भने, “बर्चस्व राम्रो भएपनि केही हाम्रै साथी छुटेका छन ।” कार्यक्रममा युवा संघका सहसंयोजक रमेश पौडेल, मदन भण्डारी फाउन्डेसन प्रदेश १ संयोजक गोपाल गुरागाईं, संघका पूर्वसचिव वचनबहादुर सिंह, पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत, नेता रविन थापा, राजु कार्की, उर्मिला सुनार, रोशन बस्नेतलगायत सहभागी थिए । अनेरास्ववियू स्थायी कमिटी सदस्य भाष्कर खनालका अनुसार ‘पार्टी एकीकरण सम्बन्धमा दबाब समूह’ को नामबाट कार्यक्रम आयोजना गरिएको हो ।

नेकपाको केन्द्रको विवादको आगो तल प्रदेश र पालिकास्तरसम्म नै सल्किन पुगेको छ । अझ राजनीतिक रुपमा ओली पक्षकै बहुमत रहेको प्रदेश १ मा एकले अर्कोपक्षलाई काउन्टर दिने गरीका राजनीतिक कार्यक्रम आयोजना हुन थालेका छन । पहिले ओली पक्षले कार्यक्रम गर्ने र त्यसलाई लगत्तै प्रचण्ड–नेपाल पक्षले काउन्टर दिने गरेका हुन । पार्टीको गुटमा मात्र नभएर गुटगत रुपमा पार्टीका भातृसंगठनको भेलासमेत क्रमशः सहर सहरमा हुन थालेका छन ।

प्रधानमन्त्री केपी ओली आफै सहभागी भई केही दिन अघि शुरु भएको गुटको भर्चुअल भेला लगत्तै प्रचण्ड–नेपाल समूहले इटहरीमा भौतिक उपस्थिति सहितको राजनीतिक कार्यक्रम आयोजना गरिदियो ।

पूर्वमन्त्री तथा हालका संघीय सांसद शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा प्रचण्ड–नेपाल निकटका नेता कार्यकर्ता सहभागी भएको छलफल कार्यक्रमबाट स्थायी कमिटी र सचिवालय बैठकमा नेतालाई एकताको लागि दबाब दिन आयोजना गरिएको भनियो । नेकपाका एकजना प्रदेश सदस्यले पार्टी एकताकै लागि दबाब दिन त्यो भेला आयोजना गरिएको बताएका छन । उनले भने, “पार्टी विधि र पद्धतिअनुसार चल्नु पर्छ भनेर कार्यक्रम गरिएको हो ।”

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए । त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो । भेलामा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई डाकिएको थिएन ।

अलग समूहको अलग्गै कार्यक्रम आयोजना गरिएपछि प्रचण्ड–नेपाल समूहका विद्यार्थीले विराटनगरमै कार्यक्रम गर्ने तयारी गरिरहेका छन । मंसिरभित्रै आयोजना गर्ने भनिएको कार्यक्रमको तयारी जुटिसकेको प्रचण्ड–ओली पक्षीय युवा नेताहरुको भनाई छ ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य इश्वरी आचार्यले कार्यक्रमको विषयमा छलफल भईरहेको बताएका छन । प्रचण्ड–नेपाल समूहका युवाविद्यार्थीले सामाजिक संजालमा समेत भेलाको तयारी भईरहेको जनाएका छन । नेकपा मोरङका सचिव गणेश उप्रेतीले गछियामा भएको र अर्को विराटनगरमा हुने भनिएको भेलाबारे पार्टी कमिटीलाई औपचारिक रुपमा कुनै जानकारी नभएको बताएका छन ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved