राजनीति

    Showing 1,741-1,750 of 1,922 items.
  • सूचना टाँस गरी प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

    विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै‌ अर्को मिति तोकिएको हो । अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती : अध्यक्ष कट्टेल

    इटहरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश प्रमुख दलका नेताहरू राष्ट्रघाती रहेको प्रमाणित भइसकेको बताएका छन् । इटहरीमा मङ्गलबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावको बेला आपूmलाई राष्ट्रवादी बताउने सबै नेता चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको लोभले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको आरोप छ । रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकमा विद्यमान् राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यसको जिम्मा सरकार आपैmँले लिनुपर्नेमा जोड दिए । नेकपाभित्र देखिएको गुटबन्दीका कारण देशवासी च

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 982 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद बैठक पछि नयाँ सरकार बन्छ : भट्टराई

    धरान/ नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भटटराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गरे । पूर्व सञ्चार तथा पर्यटनमन्त्री समेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने पनि बताएका थिए । भटटराईले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्यक्षका कारण पार्टी दोधारमा : पौडेल

    इटहरी/ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी हैकमका कारण कार्यकर्ताहरू अलमल्लमा परेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । पार्टीमा समाभति एक्लै हावी भइदिएका कारण सरकारले मनोमानी गर्न पाएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक रहेको दोहो-याए । ‘ओलीको कदमविरूद्ध एक ढिक्का भएर लागौँ भन्दा सभापति देउवा मान्नुभएको छैन’, नेता पौडेलले थपे, ‘बरू उल्टै निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको सुन्दा

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो पक्षमा निर्णय नभए आन्दोलन’

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना गरेर देशलाई अस्थिरतातर्पm धकेल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । संसद् विघटनलाई जनताले अनुमोदन गरिसकेकाले नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । नेकपा (ओली समूह) प्रदेश एकले विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’ जनसभालाई सम्बोधन गर्दै ओलीले संसद् पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनीसमेत दिए । ‘संसद् विघटन जनताले अनुमोदन गरिसकेका छन्’, उनले भने, ‘नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प छैन ।’ उनले चुनाव

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा (ओली समूह) इटहरीको अध्यक्ष याम कुमार सुब्बा

    धरान÷ नेकपा इटहरी ओली समूहको अध्यक्षमा याम कुमार सुब्बा चयन भएका छन् । साविक नेकपा एमालेको चार कार्यकाल इटहरीको नेतृत्व गरेका सुब्वाले अव नयाँ उत्साह र नयाँ शिरा वाट पार्टी र जनता विचको सम्वन्धमा लाइ सुदृढ गरिने वताए छ । उनले ब्यवस्थित कार्ययोजनाका साथ पार्टी संगठनलाई सृुदृढ गर्दै जनतामाझ पुग्ने जानकारी दिए ।त्यस्तै नेकपा इटहरीको उपाध्यमा चुडामणि भट्टराई र सचिवमा दुखीलाल चौधरी चयन भएका छन् ।

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,212 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार

    धरान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह–सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेतभएको छ । यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक का

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ओली नसच्चिए सडक आन्दोलन चर्किन्छ’

    इटहरी/ नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कदमलाई तत्काल नसच्याए आगामी दिनमा सडक आन्दोलन चर्किने बताएका छन् । अध्यक्ष नेपालले शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । २६ औँ जनयुद्ध दिवसको अवसरमा इटहरी–१९ को भवानीपुरस्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि उनी सञ्चारकर्मीहरूसँग बोल्दै थिए । त्यसक्रममा उनले प्रम ओलीले संविधान मिच्दै संसद् विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पु¥याएको र यसले गर्दा वर्तमान राजनीतिक अवस्था नै गञ्जागोल बन्न पुगेको धारणा राखे । मुल

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सङ्गठन सुनसरीको जिल्ला भेला धरानमा

    नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औ साधारण सभापछि नेकपाका विभिन्न गुट उपगुटले सुनसरीमा भ्रम फैलाउने काम गरेकाले भ्रमका पछि नलाग्न सुनसरी महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेले बताएका छ्न । पत्रकार महासङ्घले अग्रगमन प्रतिगमन नभनी प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता स्थापनाका लागि कटिबद्ध भएको बताए । पत्रकार महासङ्घ राजनीती गर्ने थलो नभएर पत्रकारको हकहितका पक्षमा पैरवी गर्ने सस्था भएकाले पत्रकारहरुलाई भ्रममा नपर्न आग्रह गरे । पत्रकार महासङ्घ सुनसरीले प्रेस स्वतन्त्रताबाहेक अन्य राजनीतिक गुटको इच्चाअनुसार निर्णय नगर्ने बताए । प्रेस सङ्गठन नेपाल सुनसरीको शनिबार आयोजित जिल्ला भेलामा अग्रज पत्रक

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् ’

    बिराटनगर/ नेपाली काङ्ग्रेसका युवा नेताहरूले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत काम गरे त्यसको विरोध हुने बताएका छन् ।काङ्ग्रेसको विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको निकास र आजको आवश्यकता’ विषयक विचार गोष्ठीका वक्ताहरूले सरकारका कदम प्रतिगामी र असंवैधानिक भएको दावी गरे । कार्यक्रममा अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने, ‘सर्वोच्च अदालतमाथि नेपाली काङ्ग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रद

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 701 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved