संकटमा पनि उपमहानगरले कसैको साथ नपाएको गुनासो " स्थानीय नेताहरूको आ–आफ्नै अडान"

  • जेठ १०, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । दोश्रो लहरको कोरोनाका कारण सिंगो मुलुक अस्त ब्यस्त बनिरहेको बेला सुनसरीको इटहरीमा भने उपमहानगरको संयन्त्रलाइ कुनै पक्षबाट सहयोग नमिलेको गुनासो आएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले इटहरी शहर नै आक्रान्त बनेको बेला स्थानीय राजनीतिक दलहरूबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको भन्दै समन्वयका लागि उपमहानगरले आग्रह गरेको हो ।

उपमहानगरको आयोजनामा भएको जुम मिटिङमा नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले संकटको बेला राजनीतिक दलसँग उपमहानगरका प्रमुख, उपप्रमुख लगायत कुनै संयन्त्रले समन्वय नगरी एक्लौटि ढंगबाट चलेको गुनासो गरे । सहकार्य र समन्वय गरेर अघि बढे नगरवासीको हितमा रात दिन काम गर्न कांग्रेस तयार रहेको सभापति पौडेलले बताए ।

त्यस्तै नेकपा एमालेका इटहरी प्रमुुख याम कुमार सुब्बाले पनि उपमहानगरले तत्काल सर्वपक्षीय बैठक बोलाएर सबै समुहसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै इटहरी निवासी प्रदेश एक संसद लिलम बस्नेतले उपमहानगरका नगर प्रमुखनै समन्वय गर्न नमानेको बताए । उनले भने, ‘अहिलेको समय म एक्लै गर्छु भन्दा पनि हामि सबै मिलेर संकटको सामना गर्ने हो ।’ नगरवासी बचाउन आफु संसद भएको नाताले जुनसुकै समय र जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि संसद बस्नेतले बताए ।

नेपाली कांग्रेसका उपसभापति कोविद जंग कार्कीले पनि सबै मिलेर अघि बढेर कोरोनालाइ परास्त गर्नेपर्नेमा जोड दिए ।

सबैको प्रतिक्रिया पाएपछि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले चाडै सबै सँग छलफल गरेर मिलेर अघि बढने प्रतिक्रिया दिए ।

यथा शिघ्र बैठक बसेर नगरमा महत्वपुर्ण योजनाहरू ल्याइ इटहरीलाइ कोरोना मुक्त शहर बनाउनेमा आफु कटिवद्ध रहेको नगर प्रमुख चौधरीको भनाइ छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved