बराहक्षेत्रमा सत्र दिनदेखि कांग्रेस संक्रमितको सहयोगमा

  • जेठ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् ।
उनीहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने, निशुल्क औषधी वितरण गर्दैछन् ।

राज्यको साधन, स्रोत भएको निकायहरुबाट सक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो आउन थाले पछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्रले समिती नै गठन गरेर अभियानमा सक्रिय भएका हुन् ।

अभियानले हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका संक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी, हौसला बढाउने काम गरिरहेको छ । साथै नगरको सार्वजनिक स्थल, प्रहरी चौकी, स्वास्थ्य चौकीलाई सेनिटाइज गरिदिएको छ भने बुधबार पुर्ण दोस्रो पटक वराहक्षेत्र ६ र ७ का थप संक्रमितको घरमा पुगेर सेनिटाइज गरिएको छ ।

समितिका संयोजक रमेश कार्कीका अनुसार समुदाय स्तरमा फैलिएको महामरीलाई नियन्त्रण गर्न अरुको मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेकोले पार्टी आफै सकृय भएको हो । उनले स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि ठोस कार्य नगरेकाले पनि कांग्रेस आफै अभियानमा उत्रनु परेको बताए ।

कार्कीले भने, ‘स्थानीय सरकार गैरजिम्मेवार भयो, गाउँ घर संक्रमणको मारमा परेकालाई सहयोग गर्ने र संक्रमण फैलन नदिन सुरक्षाका कामहरु गरिरहेका छौं ।’

कांग्रेसले १ देखि ११ नम्बर वडामा रहेका संक्रमितहरुको घरमा पुगेर सेनिटाइज गर्ने, संक्रमित र उनीहरुका परिवारलाई हौसला प्रदान गर्ने कार्य गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङले बताइन ।

नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राईले महामहारीलाई नियन्त्रण गर्न स्थानीय सरकारले कुनै किसिमको कार्यक्रम अगाडि नसारेको बताए । हालसम्म वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

त्यसैगरी, २ सय ५८ जना भन्दा बढि संक्रमित भएकामा ४१ जना संक्रमण मुक्त भइसकेका छन । कांग्रेसले निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरेको छ ।

संक्रमितलाई उपचारका लागि एम्बुलेन्स चाहिएमा अभियानका संयोजक रमेश कार्की (९८०४३२०२९७) र सदस्य सन्तकुमार राई (९८२७०४२५०८) लाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved