प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सुनाए उखान–टुक्का

  • जेठ २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् ।

सोमबार शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहो¥याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिका र संघीयता प्रति जनताको आंशका प्रति चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए ।

अघिल्लो संसद बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाले जनतालाई नयाँ वर्ष २०७८ सालको समेत शुभकामना दिन नपाएको भन्दै पहिले शुभकामना व्यक्त गरे । राईले भने,“कोभिड महामारी त राजनीतिक दलमा पनि देखियो । त्यसको केन्द्रबिन्दु धुमबाराही थियो । त्यो कोभिडको संक्रमण प्रदेश र स्थानीय तह सबैतिर फैलियो ।” कोभिडबाट एक वर्षभन्दा अगाडि देखि थलिनु परेको अवस्थामा समग्र जीवनका पक्षलाई थिलथिलो बनाएको बताए ।

मुख्यमन्त्री राईले पहिलो लहर सकिन नपाउँदै नेकपाभित्र पनि कोभिड देखा परेको र त्यसको केन्द्रबिन्दू धुमबाराही कटाक्ष गर्दै भने, ”त्यो कोभिड प्रदेश र स्थानीय तह सबैतिर फैलियो त्यसले कसैलाई पनि बाँकी राखेन । कसैलाई पनि छाडेन प्रदेशसभा पनि संक्रमित भयो । यसरी कुनै राजनीतिक दललाई पनि त्यसले छाडेन ।

अर्को कोभिडको समेत सामना गर्नुपर्यो । हामीले सावधानी अपनाउन सकिएन । हामीले परिपक्वता र दूरदर्शिता अपनाउन सकिएन । जोगिन सकिएन । तत्काली नेपाल कम्युनिष्ट पार्टीलाई त कोभिडले निल्यो नै । केही माननीय सदस्य नयाँ रुप र अवतार अनि पोजिसनमा यस हलमा बस्नु परेको छ । अहिले पनि सबैलाई त्यो कोभिडले गाँजिरहेको छ । यस्तो अवस्था छ । यसले कतिबेला कस्लाई निल्ने वा सक्ने हो केही टुंगो छैन ।”

राईले नेकपाको विवादलाई ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत जस्तै भएको सुनाए । उनले ‘झोल खान गएकी’....... खै के जाति ........भने जस्तो, ‘अति गर्दा खती हुन्छ’......, ‘भुइँको टिप्न खोज्दा’ के के......भयो भने जस्तै नेकपा विवाद अनि राजनीतिक परिदृश्य देखिएको बताए । उनले भने,“घुमिफिरी रुम्जाटार...... भने जस्तै अब सबैचिज ट्राकमा आएको छ । कोभिडले धेरै ठूलो पाठ सिकाएको छ । दोस्रो लहरले त झन् धेरै पाठ सिकाएको छ ।

संघर्ष गर्दै नयाँ प्रकारले जिउने एउटा आधारहरु तयार गर्नुपर्ने छ । राजनीतिक कोभिडबाट पनि थुप्रै पाठ सिक्नु परेको छ ।” सरकारले महामारीमा काम गर्न नसकेको विषयमा आफ्नो बचाउ गर्दै राईले हिउँदे अधिवेशनमा सरकारको भनाई राख्न नदिइनु गलत प्रकारको राजनीतिक संस्कार बसाल्न खोजेको आरोप लगाए ।

आफू अघिल्लो अधिवेशनमा उठेका विषयमा जवाफ दिन चाहेपनि विपक्षीकै कारण त्यतिकै अन्त गर्नु परेको र त्यो बाध्यता भएको जिकिर गर्दै भने,“हामीले एक हप्ता हाउस चलाउने योजना बनाएका थियौं तर वातावरण बनेनन् ।” उनले सरकारको आधा कार्यकाल पुरा भएको सन्दर्भमा मध्यावधि समीक्षा व्यवस्थित रुपमा गरेर समीक्षा प्रतिवेदन सार्वजनिक गरेको र राम्रो प्रगति गरेको सुनाए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved