कोरोना नियन्त्रणमा गम्भीर बन्न प्रदेश सांसदहरुको माग

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नं १ का सांसदले कोरोना महामारीसंग जुध्दै जन जीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् ।

आठौ बजेट अधिवेशनको मंगलबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले कोभिडको नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन । उनले भनिन्, “संक्रमितहरु अक्सिजन नपाएर मर्नुपर्ने अवस्थालाई कम गर्न सरकारले ठोस योजनाका साथ अघि बढ्न जरुरी छ ।”

नेकपा माओवादी केन्द्रका सांसद झलकसिंह दर्लामीले विश्व महामारीका बेला सरकारले आफ्नो लक्ष्य र भूमिका भुलिरहेको आरोप लगाउदँै झापाको दमकमा प्रहरीले सुकुम्बासीलाई दमन गरेको बताए ।

उनले भने, “प्रहरीले पीडितलाई कुटपिट गरेको छ । केही समय अगाडि सामाजिक विकास समितिले त्यहाँको अनुगमन गरेर पालिकाहरुसंग बसेर छलफल समेत गरी दिगो समाधानको लागि आवश्यक निर्देशन दिन पहल गरेको थियो । तर, अगाडि नै घटना गराइएको छ । त्यहाँ सुकुम्बासीहरुमाथि निर्मम कुटपिट भएको छ । कोभिडको महामारीबीच राहत दिनुपर्नेमा उल्टै दमन गर्ने काम गरेको छ ।”

नेकपा माओवादी केन्द्रका सांसद नारायण बुर्जा मगरले समानुपातिक ढंगले सरकारले बजेट वितरण गर्नु पर्नेमा जिल्लागत रुपमा हेर्दा खानेपानीको लागि बजेट विनियोजनमा भेदभाव भएको बताए ।

उनले भने,“वितरण गर्दा अधुरा योजना पुरा हुनेवाला छैनन्, सम्बन्धित मन्त्रीले यसमा ध्यान दिनुपर्छ । सहरी विकास अन्तर्गतको जनता आवास धमाधम बन्दैछ तर ती धेरै अधुरा छन् । उदयपुर, सुनसरीलगात जिल्लाबाट ३ करोड बजेट भौतिक मन्त्रालयले फिर्ता गरेर कता लगेको हो ?”

नेपाली कांग्रेसका सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ जिल्ला कोभिडबाट अति नै प्रभावित भएको भन्दै अक्सिजन प्लान्ट निर्माण गर्न ताप्लेजुङमा एक करोड रुपैयाँ बजेट तत्काल विनियोजन गर्न आग्रह गरे । भने, “तत्कालै बजेट छुट्याउनु पर्छ । अक्सिजन नपाएर धेरै जनाको मृत्यु भएको छ ।”

सांसद बलबाहादुर साम्सुहाङले ताप्लेजुङको विमानस्थलको नाम फेर्न चालेको संघीय सरकारको कदमको विरोध गर्दै भने, “युवा नेताको नाममा राख्न खोजिएको छ । तर, स्थानीयसंग समेत सरसल्लाह भएको छैन ।”

उनले महामारीमा मर्नु भनेको अकालमा मृत्यु भए जस्तै भएकोले कोरोनाबाट मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत दिनुपर्ने माग गरे ।

कांग्रेस सांसद लीला सुब्बाले बजेट कहाँ कता गयो भन्ने प्रश्न गर्दै पहिलेका कार्यक्रमहरु नै लाथलिङ्ग बनेको बताइन । भनिन्, “अब आउने बजेट सरकारले संसदलाई छल्ने वा ढांट्ने खालको हुनु हुँदैन ।

समानुपातिक हिसाबले आउनु पर्छ ।” नेकपा माओवादी केन्द्रकी सीतादेवी थेवेले ताप्लेजुङको सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम नफेर्न माग गरिन । ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved