राजनीति

    Showing १,६६१-१,६७० of १,९५९ items.
  • प्रधानमन्त्री देउवाको आश्वासन: नहर देखि भन्सार स्तरोन्नति सम्म

    इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ७०६ पटक पढिएको
    • "तेजबहादुर बन"
  • एमाले भित्रै कार्यक्रम बहिष्कार

    धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ८७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

    नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताए । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताए । अभ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १,०६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण

    धरान/  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषण गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्षको कारण चर्चामा आइरहने रावलले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषण गरेका हुन् । उनले (आज) आइतबार दिउँसो ३ बजे काठमाडौंमा एमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्। नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना हुदैछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ६१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन : इलामक्षेत्र नम्बर १ मा लिम्बु र राई, २ मा चौहान र लिम्बु

    इलाम/ नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनबाट इलाममा क्षेत्रीय सभापतिमा चार जना निर्वाचित भएका छन । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई जना गरी चार जना निर्वाचित भएका हुन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ५९८ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली कांग्रेस अधिवेसन: सुनसरी १ (क) र (ख) मा अनिल र मुरारीको प्यानलै विजयी

    धरान । नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (क) र (ख) मा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार सुजेन्द्र तामाङ समुहका उम्मेदवारको प्यानलनै विजयी भएका छन् । सुनसरी क्षेत्र नम्बर १ (क) तर्फका सभापतिका उम्मेदवार अनिल श्रेष्ठ र (ख) तर्फ मुरारी भट्टराई विजयी भएका हुन् । प्रदेशसभा (क) र (ख) दुवैमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । ‘क’ तर्फ अनिल श्रेष्ठले प्रतिद्वन्दी मदन ढकाललाई १ सय ७२ मतले पछाडि पार्दै जित हात पारेका छन् भने ‘ख’ तर्फ मुरारी भट्टराईले प्रतिद्वन्दी अजय राईलाई ३१ मतले हराउँदै सभापतिमा विजयी भएका छन् ।

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १,१७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ । राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जस

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ७५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभा बैठक भोली सम्मका लागि स्थगित

    धरान।मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक भोली सम्मका लागि स्थिगित भएको छ । प्रतिपक्षिको दलका सांसदहरुको उपस्थिती नभएकाले सभामुद प्रदिप कुमार भण्डारीले बैठक भोली ११ः३० सम्मको लागि स्थगित गरेका हुन् । मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव गत कार्तिक २७ गते नै प्रदेशसभामा दर्ता गरएाका थिए । विश्वासको मत लिनु २ दिन अघि प्रस्ताव दर्ता गराउनु पर्ने प्रावधान अनुसारनै मुख्यमन्त्री राईले प्रस्ताव दर्ता गराएका थिए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ६९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्छ’

    धरान/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउदो चुनावमा एमाले पहिलो पाटी वन्ने र सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । सहिदभूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३ औ सहिद स्मृति सभालाई सम्वोधन गर्देै अध्यक्ष ओलीले १३ महिनापछि चुनाव आउँदैछ । त्यसपछि एमाले पहिलो पार्टी वन्ने र सरकारको नेतृत्व गर्ने आफूले दावी गरे । उनले प्रचण्ड–नेपाल भन्दा बरू सूर्यवहादुर थापाका छोरा सुनिल वहादुर थापा इमान्दार रहेको बताए । उनले भने–‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे, प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री वन्न द

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,००८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काम गरेर देखाउन एक कार्यकाल नै काफि छ’

    धरान । देबेन्द्र लिम्बुु कुनैबेला बक्सिङका राष्ट्रिय खेलाडी थिए । बक्सिङ खेललाई विकास र प्रबर्धन गर्न उनी बक्सिङ सघंको केन्द्रिय सदस्य समेत भएर लागि परे । राजनैतिक विचारका हिसाबले नेपाली काङग्रेससँग जोडिएर उनी देश र जनताको समग्र हितका लागि युवाहरुको नेतृत्व आवश्यक ठानेर उनले नेपाल तरुण दलको नगरको अध्यक्ष भएर काम गरे भने अहिले नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि भएर अहिलेपनि काम गरिरहेका छन् । देशको समग्र विकासका लागि राजनीती मात्र हैन अहिलेको पुस्ताले चाहेको आवश्यकक्ता पूरा गर्ने र त्यो आवश्यक्ता बुुझ्ने नेतृत्व आवश्यक पर्ने ठानेर उनले नेपाली कांग्रेसको १४औ महाधिबेशन अन्र्तगत सुुनसरी क्षेत्र

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,०१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved