नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन : इलामक्षेत्र नम्बर १ मा लिम्बु र राई, २ मा चौहान र लिम्बु

  • मंसिर ५, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनबाट इलाममा क्षेत्रीय सभापतिमा चार जना निर्वाचित भएका छन । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई जना गरी चार जना निर्वाचित भएका हुन ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ ।

प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बु सभापतिमा निर्वाचित भएकी हुन् । लिम्बुले एक सय २३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिष्पर्धी पुनम गुरुङ्गले एक सय ४ मत पाए । गुरुङ्ग पूर्व जिल्ला सभापति केशव थापा निकट मानिन्छन् । क्षेत्रीय सभापतिका अर्का प्रतिष्पार्धी रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्यको समुहबाट उम्मेद्वार बनेका थिए ।
उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले एक सय ४४ र गुरुङ्गले एक सय २५ मत प्राप्त गरेका छन् । उपसभापतिमा बासुदेव अधिकारीले एक सय १० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले एक सय ४५ र लेप्चाले एक सय ३९ मत प्राप्त गरेका छन् । सचिवमा पराजित बनेका तारा न्यौपानलेले एक सय १० मत, राम घिमिरेले एक सय दुई मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरेकी छिन् । सहसचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए । घिसिङले दुईसय ४४ र गुरुङ्गले एक सय ४७ मत पाएका छन् । सह सचिवका निकटतम प्रतिष्पर्धी कृष्णबहादुर राईले एक सय २७ मत पाए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए । राईले एक सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिष्पर्धी मध्ये श्याम बहादुर कार्कीले ८३ मत पाए । उनी जिल्ला सभापति हिमालय कर्मचार्य निकट हुन् । क्षेत्रीय सभापतिमा मनबहादुर बस्नेतले ७३ मत पाए । बस्नेत जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहबाट चुनाबी मैदानमा उत्रिएका थिए । प्रदेशसभा निर्वाचन क्षत्रेको क्षेत्रीय सभापतिका अर्का प्रतिष्पर्धी सुवक श्रेष्ठले १४ मत प्राप्त गरेका छन् । उनी पूर्व जिल्ला सभापति केशव थापा निकटका उम्मेद्वार हुन् ।

उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भए । थापाले दुई सय १९ मत र पौडेलले एक सय ९५ मत प्राप्त गरे । उपसभापतिका तीन प्रतिष्पर्धी मध्ये राम बहादुर कार्मीले एक सय २२ मत पाएका छन् । सचिवमा लोक बहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले एक सय ९६ र अर्यालले एकसय ८५ पत पाएका छन् । सचिवका तीन प्रत्यासी मध्ये एक सय ८४ मत पाएका सूर्य राई पराजित बनेका छन् । सह सचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले दुई सय ३० मत र पौडेलले एक सय ७० मत पाए । सहसचिवको तीन प्रतिष्पर्धी मध्ये तिलक अधिकारीले एक सय ४५ मत पाएका छन् ।

यता जिल्लाको क्षेत्र नम्बर २ ‘क’ को नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनको क्षेत्रीय सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले जिल्ला सभापतिको आकाक्षी भेषराज आचार्यको समुहबाट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका थिए । इलाममा जिल्ला सभापतिका चार आकाक्षीहरुले मातहतको समितिहरुमा आ–आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् । जिल्ला सभापति हिमालय कर्मचार्य, जिल्ला सभापतिका आकाक्षी केशव थापा, भेषराज आचार्य र डम्बर खड्काले प्यानलै बनाएर चुनावमा उत्रिएका छन् । चौहानले दुईसय २९ मत ल्याएर सभापति जितेका हुन् । नेपालटारमा सम्पन्न अधिवेशनको मतपरिणाम अनुसार चौहानका निकटम प्रतिष्पर्धी राजेन्द्र बाँस्तोलाले एक सय ६० प्राप्त गरे । बास्तोला जिल्ला सभापति हिमालय कर्मचार्य निकट मानिन्छन् । चार प्रतिष्पर्धी मध्ये श्यामकुमार श्रेष्ठले ९८ मत पाए । उनी डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै माधव बस्नेतले ८० मत पाएका छन् । उनी केशव थापा निकट हुन ।
उपसभापतीमा दुई सय ४४ मत सहित विष्णु सुब्बा र दुई सय ३५ मत पाएर मनकुमार गुरुङ निर्वाचित भएका छन् । उपसभापतिका प्रतिष्पर्धी कमलमणी खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मत पाएका छन् ।

दुई सचिवमा श्री बहादुर बिष्ठ र दिपेश खत्री विजयी भएका छन् । बिष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । उनिहरूका प्रतिपष्र्धी गजेन सुब्बाले एक सय ४५, बिनोद न्यौपानेले एक सय ३१, मोहन पराजुली एक सय १४ र सन्तोष राईले ८० मत पाएका छन् । सह–सचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बु विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरे । सभापतिमा निर्वाचित लिम्बु जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वार बनेका थिए ।
उनको निकटम प्रतिष्पर्धी लक्षुमण राईले एक सय ७ मत पाए । उनी पुर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै लक्षुमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहका उम्मेद्वार हुन् । प्रदेशसभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेद्वार बनेका थिए ।

उपसभापतिमा पदम केशर लिम्बु र हरि प्रसाद कोइराला विजयी भए । लिम्बुले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिष्पर्धी मध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् ।
सचिवमा धनबहादुर लिम्बु भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बुले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्ती गरेका छन् । पाँच प्रतिष्पर्धी मध्ये तुलसी कुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।
सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिष्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved