मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् । एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले
धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् । विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए । “देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने
धरान । धरान उपमहानगरपालीकामा ३ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उमेद्वार किशोर राईले अग्रता लिएका छन् । मेयरमा राईले ११६ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै गरी नेकपा एमालेकी उमेद्वार मञ्जु भण्डारीले ६१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार हर्क साङ्पाङले ६१ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादीका आईन्द्र बिक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।
मोरङ । मोरङको कानेपोखरी गाँउपालीकामा २ हजार ८ सय मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम १ हजार १ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ७ सय ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छन् । उपाध्यक्ष एमालेका भोला अधिकारीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ९ सय २४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २ सय ९१ मत प्राप्त गरेकी छन्।
धरान । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र
धरान । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ । मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । कुनैपनि
धरान । निर्वाचनमा जितेर गएकाहरुको निस्क्रियताका कारण चुनावताका घोषणापत्रमा समेटिएका प्रतिबद्धता काममा नभई कागजमै सीमित हुदा राजनीतिक दलले हरेक निर्वाचनमा एउटै एजेण्डा बोकेर चुनावमा जाने गरेका छन् । धरानको स्थानीय निर्वाचनलाई हेर्ने हो भने ०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले घोषणापत्रमा समेटिएका एजेन्डा ०७६ सालको उपनिर्वाचनमा पनि प्राथमिकतामा राखेका थिए भने ०७९ को स्थानीय चुनावमा समेत यथावत राखेका छन् । हरेक निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामाझ गएकै कारण राजनीतिक दलहरुप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको बढ्दै गएको छ । एउटै एजेन्डा बारम्बार लिएर गएका कारण राजनीतिक दलप्रति जनताको विश्वास ह
धरान । मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन । दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन । धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रहर
धरान । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राती देखि नै मौन अवधि शुरु भएको छ । आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए। बुधबार देखि शुक्रबार निर्वाचन सम्पन्न नभए सम्म हुने मौन अवधिमा कुनै पनि राजनितिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसार गर्न तथा भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ र नियम उल्लंघन गरे कारबाही गर्ने जनाएको छ । मौन अव
घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउदै हुनुहुन्छ ?घरदैलो अभियानमा सवैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यस बारेमा मैले उहाहरुलाई ३ देखि ५ महिना भित्र सवै समस्या हल गर्न सकिने बताउदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाचकन्यासहित सिगो धरानका लागि खानेपानीको मेघा प्रोजेक्ट मार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा एमालेले जनताका लागि काम गर्न तयार छ । आदिवासी जनजातिको शहरमा तपाइको एजेण्डा छैन ? यो धरान भनेकै आदिवासी जनजातिको शहर हो । लाहुरेहरुले बनाएको शहर हो । यो तथ्य