धनकुटामा एक सय एक्काइस उमेद्वारको जमानत जफत

  • जेठ १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना रहेका छन् । नगरपालिका उपप्रमुखमा राप्रपाका २ जना र स्वतन्त्र २ जनाको जमानत जफत भएको छ ।

गाउँपालिका अध्यक्षमा स्वतन्त्रका ३ जना, राप्रपा र मंगोल नेशनल अर्गनाइजेशनका २÷२ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना तथा गाउँपालिका उपाध्यक्षमा राप्रपाका २ जना तथा मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १÷१ जनाको जमानत जफत भएको छ ।

यस्तै जमानत जफत हुने वडा अध्यक्षहरूमा राप्रपाका २० जना, स्वतन्त्रका ११ जना, मंगोल नेशनल अर्गनाइजेशनका ६ जना, नेकपा एकीकृत समाजवादीका ५ जना, जनता समाजवादी पार्टीका ५ जना तथा नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा नेपालका एक÷एक जना रहेका छन् ।

जमानत जफत हुनेमा धनकुटा नगरपालिकामा २२ जना, पाख्रिवास नगरपालिकामा २७ जना, महालक्ष्मी नगरपालिकामा १४ जना रहेका छन् । यस्तै छथर जोरपाटी गाउँपालिकामा १४ जना, सहिदभूमि गाउँपालिकामा २१ जना, साँगुरीगढी गाउँपालिकामा १७ जना र चौबिसे गाउँपालिकामा ६ जनाको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ

कार्यालयका अनुसार जमानत जफत हुनेमा धनकुटा नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाकी सुमिना तामाङ, स्वतन्त्रका सुन्दरबाबु श्रेष्ठ, उपप्रमुखमा सीताराम श्रेष्ठ, वडाअध्यक्षमा १० जना, महिला सदस्यमा २ जना, दलित महिला सदस्यमा १ जना र खुल्ला सदस्यमा ६ जना उम्मेदवार रहेका छन् ।

यस्तै पाख्रिबास नगरपालिकाका प्रमुखका उम्मेदवारमा राप्रपाका ज्ञानबहादुर पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्रका चकेन्द्र बहादुर बस्नेतको पनि जमानत जफत भएको छ । यस्तै उपप्रमुखमा राप्रपाकी रुद्रकुमारी आले र स्वतन्त्र देवकुमारी बस्नेतको पनि जमानत जफत भएको छ । पाख्रिबास नगरपालिकामा १२ जना वडाअध्यक्ष, २ जना महिला सदस्य, ३ जना दलित महिला सदस्य र ५ जना खुल्ला सदस्य उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

यस्तै महालक्ष्मी नगरपालिका प्रमुखमा राप्रपाका चेतनाथ चापागाईं, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुप्रसाद लिम्बू, स्वतन्त्रका विष्णु पौडेलको जमानत जफत भएको छ भने उपप्रमुखमा राप्रपाका इन्दिरा भण्डारीको जमानत जफत भएको छ । महालक्ष्मी नगरपालिकामा ४ जना वडा अध्यक्ष, १ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको श्रेष्ठले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका अध्यक्षमा राप्रपाका नरेन्द्र कुमार राई, मंगोल नेशनल अर्गनाइजेशनका दिनेश कुमार राई, स्वतन्त्रमा भुवन बहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सानुमाया घर्ती (तामाङ) र मंगोल नेशनल अर्गनाइजेशनकी निरण कुमारी राईको पनि जमानत जफत भएको छ । साँगुरीगढी गाउँपालिकामा वडाअध्यक्षमा ७ जना, महिला सदस्यमा २ जना र खुल्ला सदस्यमा ३ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सहिदभूमि गाउँपालिका अध्यक्षमा राप्रपाका गुर्दबहादुर राई, स्वतन्त्रका अनिष पुमा राई र माइकल राईको पनि जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी चन्द्रकुमारी राई र स्वतन्त्रकी रमन कुमारी राईको जमानत जफत भएको छ । सहिदभूमि गाउँपालिकामा १० जना वडाअध्यक्ष, २ जना महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको छ ।

चौबिसे गाउँपालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनकी दिलमाया लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तत बहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बू पनि जमानत जफत भएको छ । चौबिसे गाउँपालिकामा वडाअध्यक्ष, महिला सदस्य र खुल्ला सदस्यमा एक÷एक जना उम्मेदवारको जमानत जफत भएको छ ।

छथर जोरपाटी गाउँपालिका अध्यक्षमा राप्रपाका निरबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका कृष्ण गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रीप्रसाद लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सम्झना खपतरीको पनि जमानत जफत भएको छ । छथर जोरपाटी गाउँपालिकामा ७ जना वडाअध्यक्ष, २ जना महिला सदस्य र १ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ. ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved