अन्तरघातको आगो विराटनगरमा पनि सल्कियो :गठबन्धनको मत धेरै, वहुमत भने एमालेको

  • जेठ २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं. १ को १ मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनलाई ठूलो धक्का लागेको छ । गठबन्धनको वहुमत हुँदा हुँदै पनि गठबन्धनका मतदाताले अन्तरघात गरिदिँदा एमालेले कार्यपालिकामा वहुमत पाएको छ । शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत भएको एमाले र स्वतन्त्र उम्मेद्वार विजयी हुँदा गठबन्बन्धनका उम्मेद्वार पराजित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरि पराजित भएका छन् ।283566891_557273422669585_4558056569691330646_n

महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १५ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।283437278_5323351917686608_6156981683379893444_n

कार्यपालिका निर्वाचनमा ९७ जना मतदाता रहेका थिए । काँग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको काँग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको काँग्रेसका उम्मेद्वारहरु कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।

महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved