‘मूलधारका पार्टीले देशका लागि केही गरेनन्’

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका मूलधार पार्टीले जनताका लागि केही नगरेको बताएका छन् ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिले धरान १४ मा आयोजित बधाई एवम् शुभकामना कार्यक्रममा सम्बोधन गर्दै मूलधारका राजनीतिक पार्टीहरुले जनतालाई झुक्याउन गोजीको रकम दिएजस्तै हामीले बृद्धबृद्धालाई भत्ता दियौ, यो ग¥यौ त्यो ग¥यौ भन्ने भ्रम फैल्याउने काम गरेको बताए । उनले त्यो सबै चुनावमा भोट तान्न गरेको प्रोपोगाण्डाबाहेक केही नभएको बताए ।

उनले एमालेले दिएको सामाजिक सुरक्षाको भत्ताको प्रसंग कोट्याउदै भत्ता हामीले दिएको भने पनि त्यो एमालेको गोजीबाट नभई राष्ट्रको ढुकुटीबाट भत्ता दिएको बताए । उनले यी प्रलोभनमा पारेर जेष्ठ नागरिकबाट एमालेले भोट तान्ने मेलो गर्ने गरेको समेत आरोप लगाए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी देशको अखण्डता रक्षा, जनताको हितका लागि खोलिएको पार्टी भएकोले एक पटक विश्वास गरेर हेर्न आग्रह गरे । उनले आफूले बारम्बार भन्ने गरेको भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने वाक्य पटक पटक दोहो¥याए । उनले भने–‘ आफूले अहिलेसम्म एक रुपैया कसैबाट नलिएको र भविष्यमा पनि एक पैसा घुस खान्न ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिका अध्यक्ष नविन पराजुलीको अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रबाट वडाध्यक्षमा जित हात पार्ने धरान १४ का कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । २० वडा रहेका धरान उपमहानगरपालिकामा वडाध्यक्षमा धरान १४ बाट एकमात्र जित भट्टराईले गरेका थिए । भट्टराई नेपाली काँग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश गरी वडाध्यक्षमा निर्वाचित भएका थिए । पहिलो स्थानीय निर्वाचनमा भट्टराई नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved