अन्तरघात गर्नेलाई कार्वाहीको सिफारिस

  • जेठ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टीकै कार्यकर्ताले अन्तर्घात गरेको भन्दै नेपाली काँगेसले कार्वाही अगाडि बढाएको छ ।

निर्वाचनमा पार्टीकै उमेद्वारलाई पार्टीकै कार्यकर्ताले अन्तर्गत गर्दा नराम्ररी पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले अन्तर्घात गर्नेलाई कार्वाहीको तयारी थालेको हो ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीकातर्फबाट उम्मेदवार बनेकालाई असहयोग गरी अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको नेपाली कांग्रेसले जनाएको छ ।

झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि नगर सभापतिसहितका ५ जना नेतालाई कार्वाहीको सिफारिस भएको छ । गौरादह– वडा नं. १ समिति नगर सभापति यादवराज सेढाईसहित इमानसिंह तामाङ, लिलानाथ पराजुली र बन्दना सेढाईलाई कार्वाहीको सिफारिसमा परेका छन् ।

उनीहरुले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको हो । मेयरको आकांक्षी रहेका सेढाईले टिकट नपाएपछि अन्तरघात गरेको पार्टीको धारणा छ ।

गौरादहमा कांग्रेसले यसअघि मेयरसहित तीन वटा वडा जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा मेयर हारेको छ भने २ वडा मात्र जितेको छ । गौरादह २ मा गोपाल कोइराला र ६ मा तोया प्रसाई निर्वाचित भएका छन् ।

यसैगरि गौरीगञ्जमा पनि महाधिधेशन प्रतिनिधि निरज अग्रवालसहितका नेताहरु कारवाहीमा पर्ने भएका छन् । दमकमा प्रदेश प्रतिनिधि घनेन्द्रराज योङयासहितका केहि नेता तथा अगुवा कार्यकर्ताहरु कारवाहीको सिफारिसमा पर्ने भएका छन् । महाधिवेशन प्रतिनिधि रमा लिम्बू, दमक–१ का कांग्रेस वडा सभापति गजेन्द्र देवानलगायतले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारवाही गर्न लागेको काँग्रेसले जनाएको छ ।

उनीहरुले निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई हराउन विपक्षीलाई सहयोग गरेको तथा चुनावी प्रचारलगायतका कार्यक्रममा समेत सहभागी नभएको बताइएको छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved