प्रदेश १ मा कार्यकारी भुमिकामा महिलाको प्रतिनिधि न्यून : प्रमुखमा ६, वडाध्यक्षमा पाँच

  • जेठ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं. १ को १ सय ३७ स्थानीयतहमा महिलाले प्रमुख÷अध्यक्षमा ६ जना निर्वाचित भएका छन् भने उप–प्रमुख÷उपाध्यक्षमा एक सय जना निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षको हकमा भने ६ जना निर्वाचित भएका छन् ।

हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमा व्यवस्था गरिएको छ । राजनीतिकदलको उदासीनताका कारण कार्यान्वयन पक्षभने भने फितलो देखिएको हो । यसको प्रत्यक्ष उदाहरण भर्खरै सम्पन्न भएको स्थानीयतह निर्वाचनलाई हेरे पुग्छ ।

अध्यक्ष÷प्रमुखका लगाी चुनावी मैदानमा उत्रिएका ५ जना स्वतन्त्र ५३ जना दलका प्रतिनिधिका रुपमा गरी जम्मा ५८ जना प्रतिस्पर्धामा उत्रिका मध्ये ६ जना मात्रै निर्वाचित भए । निर्वाचित हुनेमा नेकपा एमालेको तर्फबाट विर्तामोड नगरपालिकाको प्रमुखको उम्मेद्वार बनेकी पवित्रादेवी महतरा, एमालेबाटै उम्मेद्वार बनेकी कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनाम, नेपाली काँगे्रसको तर्फबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनेकी फुलवति राजवंशी, काँग्रेसबाटै सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको अध्यक्षको उम्मेद्वार मिना देवी कार्की र माओवादी केन्द्रबाट खोटाङ जिल्लाको जन्तेढुङ्गा गाँउपालिको अध्यक्षको उम्मेद्वार बनेकी अरुणा देवी राई गरी ६ जना निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्ष÷उप–प्रमुख तर्फ उम्मेद्वार बनेका ४ सय ७१ महिला मध्ये १ सय जना महिला निर्वाचित भएका छन् ।

त्यसैगरी वडाध्यक्षमा उम्मेद्वार बनेका १ सय ३६ जना महिलाहरुमध्ये ५ जनामात्रै महिलाहरु वडाको नेतृत्व लिन सफल भएका छन् ।

वडाको नेतृत्व लिन सफल भएका महिलाहरु सबै एमालेका उम्मेदवार हुन् । तेह्रथुमको म्याङलुङ ७ मा तारा कार्की गुरुङ निर्वाचित भएकी छन् । उनले ४९५ मत ल्याउँदा काँग्रेसका राजन गुरुङले ४०३ मत ल्याएका थिए । यस्तै धनकुटाको पाख्रीबास ९ को वडाध्यक्षमा निर्वाचित सम्झना आले पनि एमालेकी उम्मेदवार हुन् । उनले ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धनबहादुर तामाङ मोक्तानले ५४० मत ल्याएका हुन् ।

यस्तै मोरङको उर्लाबारी ७ मा पनि उर्मिला थापा वडाध्यक्षमा निर्वाचित भएकी छन् । उनले विपक्षी काँग्रेसका वीरबल थापालाई भारी मतले पराजित गरेकी हुन् । उर्मिलाले १ हजार ४ सय ५५ मत ल्याउँदा वीरबलले १ हजार १ सय ४४ मत ल्याएका छन् । मोरङकै बेलबारी ७ को वडाध्यक्षमा सुनिता चौधरी निर्वाचित भएकी छिन् । उनले भने माओवादीका विन्देश चौधरीलाई पराजित गरेकी हुन् । विन्देशले ८५७ मत ल्याउँदा सुनिताले ८९७ मत ल्याएकी छिन् ।

सोलुखुम्बुको महाकुलुङ ४ मा पनि सरस्वती कुलुङ निर्वाचित भएकी छन् । उनले काँग्रेसका विशाल कुलुङ राईलाई हराएकी हुन् । सरस्वतीले ३१८ मत ल्याउँदा विशालले २ सय ७९ मत ल्याएका छन् । वडाध्यक्षमा उठेका प्रदेश १ का अन्य १९ जना महिलाले दोस्रो र २७ जना महिलाले तेस्रो स्थान ल्याएका छन् ।

०७४ सालको पहिलो स्थानीय निर्वाचनमा १० जना महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जसमध्ये ताप्लेजुङमा २, पाँचथरमा २, झापामा ३, संखुवासभा, उदयपुर र ओखलढुंगामा १÷१ जना थिए । ०७४ सालमा वडाध्यक्षका महिला उम्मेदवार संख्या १ सय ७४ जना थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved