‘दोस्रो स्थानीय निर्वाचनमा लठ्ठीले चमत्कार गर्‍यो’

  • जेठ २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा लौरौ चुनाव चिन्हले चमत्कार गरेको प्रदेश एकका सामाजिक मन्त्री राजन राईले बताएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले विशेष गरी काठमाण्डौ र धरानको लौरोको चर्चा अहिले देशभरि भएको बताए ।

उनले भने–‘ ठुला भनिएका राजनीतिक दललाई यसपालिको स्थानीय तहको निर्वाचनमा लौरोले नराम्ररी कुटेको छ्, यसको चर्चा मुलुकैभरि रहेको छ ।
राईले धरान तथा काठमाण्डौमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएर विजय हासिल गरेको प्रसंगमा बोल्दै ठुला भनेर चिनिएका दलहरुलाई स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह लौरोले चुटेको बताए ।

प्रदेश खेलकुद विकास बोर्डले खेल प्रशिक्षकहरुलाई दीर्घ सेवा पदकले सम्मान गरेकोमा बद्याई दिँदै खेल र खेलाडीहरुका लागि आजको पल उर्जा र उत्साहको पल रहेको बताए ।

प्रदेस खेलकुद विकास बोर्डले जुझारु व्यक्तिहरु पाएको र खेलकुद बुझेको सदस्य सचिव पाएको हुँदा प्रदेशमा अव खेलकुद गतिविधिहरु चलायमान हुने विश्वास समेत व्यक्त गरे । उनले भने–‘ इमानदार भएर लाग्न सक्नु भयो भने खेलक्षेत्रको विकास सम्भावना चुलिएर गएको छ ।’

योजनागत रुपमा अघि बढ्न र सबै कुरामा सरकारको मुख नताक्न मन्त्रीले आग्रह समेत गरे । कार्यक्रममा समाजवादी खेलकुद महासंघको केन्द्रीय उपाध्यक्ष अर्जुन राई , सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीलेले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बोर्डका सदस्य शैलेस विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम युवराज काफ्लेले संचालन गरेका थिए । कार्यक्रममा बोर्डका सदस्य रितेश श्रेष्ठ,खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई लगायतको समेत उपस्थिती रहेको थियो ।

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved