धरानका सर्वसाधारणको अपेक्षा बढ्दै : मेयर साम्पाङलाई चुनौति थपिदै

  • जेठ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका सर्वसाधारणहरुले नवनिर्वाचित मेयर हर्क साम्पाङसँग अपेक्षकृत भन्दा बढी आकांक्षा बढेको पाइएको छ ।

धरानको खानेपानी समस्या समाधान, भ्रष्टाचार विकृति विसंगतिलाई निरुत्साहित पार्ने एजेन्डा बोकेर आएका साम्पाङप्रति जनताको अपेक्षा बढेकै कारण सहकारीमा डुबेको रकम फिर्ता गराइदिने अपेक्षा राखेर उपमहानगरपालिका पुगेका छन् ।

विगतमा दलहरुले जनताको अपेक्षा अनुरुप काम नगरेकै कारण नवनिर्वाचित मेयर हर्कराज साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा राखेरे सहकारीमा रकम दिलाइदिन माग गरे र शनिवार सम्पूर्ण कार्यालय बन्द हुदा पनि धरान उपमहानगरपालिकामा विहानैदेखि सर्वसाधारणको भीडभाड देखिएको थियो । केही सर्वसाधारण पालिकाको प्रांगरणमा भेला भएका थिए भने केही मेयरकै कार्यक्रमकक्षभित्र छलफलमा व्यस्थ देखिन्थे ।

यो भीड धरानको चर्चित सहकारी बराह सहकारी संस्था लि.बाट समयमै रकम नपाएका शेयर सदस्य तथा बचतकर्ताहरुका रहेको थियो । विगतमा पीडितहहरुको पक्षमा वकालत गर्दै सर्वसाधारणको रकम पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनमा धरान ८ धनकुटे रोडमा रहेको बराहको कार्यालयमा अभियन्ताको रुपमा साम्पाङ पुगेर पीडितको पक्षमा बोल्दिने गरेका थिए । अभियन्ता हुदाको सहयोगलाई सर्वसाधारणले विर्सेका थिएनन् त्यही भएर उनीहरु नगर प्रमुखसँग अपेक्षा बोकेर त्यहा पुगेका थिए ।

लामो समयदेखि बराहले बचतकर्ता तथा शेयर सदस्यको सावा व्याज नै भुक्तानी गर्न सकेको छै । नुनदेखि सुनसम्म धरानदेखि काठमाण्डौ, युके हङसम्म भन्ने मूल मर्म बोकेर सञ्चालन भएको बराहको सहकारीले रकम दिन नसकेपछि आक्रोसित हुदै बराह नै घेराउ गर्दै आइरहेका छन् ।

सहकारीबाट पीडित बनेका पूर्व शिक्षक समेत रहेका वेद सुब्बाले बराहले १ हजार ५ सय भन्दा बढी बचताकर्ता तथा शेयर सदस्यको रकम दिन नसकेको बताए । उनले पटक पटक छलफल तथा सहकारी घेराउ गर्दा पनि सर्वसाधारणको रकम समयमै नदिएका कारण मेयर साम्पाङसँग डुबेको रकम फिर्ता हुन्छ भन्ने झिनो अपेक्षा बोकेर आएको बताए । उनले भने–‘बराहबाट रकम लिनका लागि पीडितहरुले संघर्ष समिति नै बनाइएको छ, संघर्ष समितिको संयोजकमा खगेन्द्रनेपाली रहेका छन्, पीडितले अनेकन प्रयास गर्दा पनि बराहले रकम दिएको छैन, त्यही भएर स्थानीय सरकारलाई गुहार माग्न आएका हौ ।’

बहराले एक हजारदेखि करौडौ रुपैया जम्मा गर्नेको रकम नदिएपछि विगतदेखि नै रकम फिर्ताको माग गर्दै संघर्ष गर्दै आइरहेका छन् । पछिल्लो समय पीडित संघर्ष समितिका सयाजक नेपालीले साम्पाङसँग डुवेको रकम फिर्ता गर्न पहल गरिदिन आग्रह गरे । उनलेले बराहका सञ्चालकहरुले १८ गतेसम्म पनि पीडितहरुको रकम फिर्ता नदिए बराह नै बन्द गरिदिने चेतावनी दिएका छन् । उनले भने–‘हामीले नव निर्वाचित मेयरसाफलाई पीडितका तर्फबाट भेट गरेका छौं, समस्या सुनाएका छौं, यस विषयमा बराह गम्भीर बनेन भने हामी जेष्ठ १८ गतेबाट बराहमा ताला लगाइदिन्छौं ।’

यता साम्पाङले भने धरानेहरुको समस्या समाधान गर्नकै लागि आफू मेयर भएका बताए । उनले यति हुदाहुदा पनि कतिपय कुरा कानुनी प्रावधानबाट गर्नुपर्ने भएकोले सहजै रुपमा समाधान गर्न कठिन हुने बताए । उनले विगतमा आफू अभियन्ता हुदा पीडितको पक्षबाट उभिएको बताउदै अब मेयर भइसकेपछि कानुनी कुरालाई कानुनी रुपमै सल्टाउनुपर्ने भए पति नियम सँगत रुपमा सहयोग गर्ने र्स प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘म पहिला अभियन्ता थिए, अहिले धरान नगर प्रमुख भएको छु, अब मेरो कार्यशैलीमा विगतको भन्दा फरक हुन्छ, कानुनी रुपमा मैले सहयोग गर्न सक्ने कुरा म गर्छु ।’

धरानको खानेपानी समस्या, धरानलाई भ्रष्टाचारमुक्त सहर बनाउने अभियान बोकेर हिड्नु भएका साम्पाङप्रति धरानेहरुको अपेक्षा धेरै रहेको पाइएको छ । अभियन्ता हुदाको समयमा उठाएका मुद्दा पूरा गर्न मेयर साम्पाङलाई एकातिर चुनौति छ भने सर्वसाधारणको अनगिन्ती अपेक्षा थपिदै गएका छन्, यसलाई पूरा गर्न पनि साम्पाङलाई चुनौति थपिएको छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved