धरान/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन । सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् । बैठकपछि
धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिस भानिर्वाचनको लागि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको हो । नेपाल सरकारको निर्देशन तथा गृह मन्त्रालयबाट जारी ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुरूप आजदेखि प्रदेशभर नेपाली सेनाका फौजहरू परिचालन गरिएको सेनाले जनाएको छ। उक्त योजनाअनुसार सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी नागरिक प्रशासनलाई सहयोग पुर्याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिमा सम्भावित आपत्कालीन अवस
धरान/ युकेमा रहनु भएका विजय लिम्बूले वर्तमान चुनावी माहोल खतरनाक दिशातर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले राखजनीतिले विचार, नीति र कार्यक्रमभन्दा टाढा गएर अनुहार र लोकप्रियताको खेल बन्दै जानु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । लिम्बूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा देश चलाउन आकर्षक अनुहार वा राम्रो बोल्ने कला पर्याप्त नहुने उल्लेख गर्दै आर्थिक नीति, स्पष्ट योजना, निर्णय क्षमता र इमानदार नेतृत्व नै राष्ट्र सञ्चालनका आधार भएको धारणा राखेका छन् । “राम्ररी बोल्न सक्नु योग्यता होइन, क्यामेरा फ्रेन्ड्ली हुनु क्षमता होइन,” भ
धरान/ नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र इमानदारीमा आधारित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका तामाङले धर्तीको पहिलो तीर्थस्थल मानिने वराहक्षेत्र मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने र हुन नदिने संकल्प गरेको बताएका छन्। ‘म भगवानको नाममा शपथ खाएर मैदानमा उत्रिएको हुँ। एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने छैन, गल्ती गर्ने छैन,’ तामाङले भने। उनले पूर्व जनप्रतिनिधिहरूले गरेका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्र
सुनसरी/ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन । भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि
धरान/प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा सुनसरीमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल सुनसरीद्वारा आयोजित कार्यक्रम धरान–३ स्थित सदन रोडमा रहेको प्रेस सेन्टर सुनसरीको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेकपाका केन्द्रीय सदस्य जीवन राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले प्रेस सेन्टर क्रान्तिकारी चेत बोकेको पत्रकारहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै जनपक्षीय पत्रकारितामार्फत आवाजविहीन जनताको आवाज बन्न पत्रकारहरूलाई आग
सुन्दरहरैंचा/ राजनितिक पहुँचका आधारमा स्थानीय तहमा रहेको न्यायिक समितिले निर्णय गर्दा नागरिकहरुले अनावश्यक मुद्दामामिला झेल्न बाध्य हुनपर्छ भन्ने गतिलो उदाहरण बनेको छ ,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ को कुलोरपैनी प्रकरण । फिल्ड र नक्सामा समेत नभएको कुलोरपैनीको बिषय उठाएर सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ निवासी दुर्गा महतका छिमेकी कृष्णदेव अधिकारीले राजनितिक पहुँचको आधारमा न्यायिक समितिमा उजुरी हालेको आधारमा सहि तरिकाले छानविन नै नगरि फैसला गर्दा महत परिवार तनावमा छन् । न्यायिक समितिको फैसलालाई नै जिल्ला अदालत मोरङले पनि सदर गरिदिएपछि महत परिवार थप तनावमा परेको छ । जि
धरान/ सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित वृहत कार्यक्रममा कमिटी सार्वजनिक गरेको हो। नवगठित कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी चयन भएकी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन्। कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाल लगायत रहेका
धरान/ सुनसरी क्षेत्र नम्बर–१ को समग्र विकासलाई केन्द्रमा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन सचिवालय उद्घाटन गरेको छ। धरान–३ स्थित सदन रोडमा रहेको सचिवालयको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै राईले केन्द्र सरकारसँग आवश्यक समन्वय गर्दै सुनसरी–१ का विकास योजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार सुदृढीकरण तथा सुकुम्बासी समस्याको व्यवस्थित समाधान नेकपाको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।
धरान/ धरान उपमहानगरपालिकाको प्रशासनिक मर्यादा र संस्थागत प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने गतिविधिमा संलग्न भएको ठहर गर्दै उपमहानगरपालिकाले एक अधिकृत कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको झुटो विवरण तयार गरी गैरकानुनी तरिकाले रमाना पत्र बनाउने, प्रशासन प्रमुखको नेमप्लेट फाल्ने तथा कार्यालयमा अराजक गतिविधि गर्ने कार्यमा संलग्न रहेको आरोपमा दशौं तहकी अधिकृत कर्मचारी प्रज्ञादेवी निरौला लाई कारबाही स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश फिर्ता पठाउने निर्णय कार्यपालिका बै