सुनसरी–१ को विकास एजेन्डासहित नेकपाको निर्वाचन सचिवालय उद्घाटन

  • माघ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नम्बर–१ को समग्र विकासलाई केन्द्रमा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन सचिवालय उद्घाटन गरेको छ।

धरान–३ स्थित सदन रोडमा रहेको सचिवालयको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै राईले केन्द्र सरकारसँग आवश्यक समन्वय गर्दै सुनसरी–१ का विकास योजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार सुदृढीकरण तथा सुकुम्बासी समस्याको व्यवस्थित समाधान नेकपाको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। साथै उनले सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन मतदातासँग अपिल गरे।

राईले विगतका उम्मेदवारहरूले गरेका तर अधुरा रहेका प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी अब वर्तमान नेतृत्वको काँधमा आएको उल्लेख गर्दै विकास र सुशासनका लागि नेकपाको विकल्प मजबुत रहेको दाबी गरे।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक किरण राईले उम्मेदवार मनोज भट्टराई राजनीतिक अनुभव, संगठन क्षमता र क्षेत्रगत प्रभावका आधारमा सबल र भरोसायोग्य उम्मेदवार भएको बताए। उनले चुनाव चिन्ह ‘तारा’मा मतदान गरी भट्टराईलाई विजयी गराउन आग्रह गरे।

किरण राईका अनुसार निर्वाचन व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन भइसकेको छ र कार्यविभाजनसहित कार्यकर्ताहरू सक्रिय रूपमा परिचालित भएका छन्। व्यक्तिगत आग्रह, सामाजिक सञ्जालका हल्ला तथा जातीय–क्षेत्रीय भावनाबाट माथि उठेर देशको भविष्यका लागि जिम्मेवार मतदान गर्न उनले मतदातालाई अनुरोध गरे।

प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले धरान विगतमा पर्यटकीय, सांस्कृतिक, शैक्षिक तथा खेलकुद सहरका रूपमा परिचित रहे पनि पछिल्लो समय शैक्षिक र सामाजिक वातावरण कमजोर बन्दै गएको उल्लेख गरे। दुर्व्यसनलगायतका समस्याको समाधान गर्दै धरान र सुनसरी–१ को समग्र विकासका लागि उम्मेदवारी दिएको उनको भनाइ छ।

भट्टराईले सुनसरी–१ का विकट बस्तीलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाउँदै नडाह–धरान, कालापानी–भल्लोचौर–विष्णुपादुका–धरान तथा पञ्चायन–हरियाली सडक खण्डलाई आफ्नो कार्यकालमै पूर्णता दिने दाबी गरे।

साथै विष्णुपादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने योजना समेत सार्वजनिक गरे।

चुनावको बेला मात्र देखिने र जितेपछि हराउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै हार–जित जे भए पनि जनताको सुख–दुःखमा सधैं साथ रहने उनले बताए। धरान र सुनसरी–१ को गुमेको साख र अभिमान पुनर्जीवित गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी भएको भट्टराईको भनाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved