भगबती चौधरीलाई जिताउन महिला एकढिक्का

  • माघ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ ।

अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन ।

भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि बढेको छ । सुनसरी बर्जु १ की सिता कुमारी मेहता नेपाली काँग्रेस बाट एमाले प्रबेश गर्नुभयो । जेन्जी उमेर समूहकी मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।”

गाँउ गाँउका जनता स्वर्तस्फूर्त यसरी भगबती चौधरीको पक्षमा आकर्षित भइरहदा अनेमसंघले जिताउ अभियाननै थालेको छ ।अघिल्लो चुनाबमा देशमै सबैभन्दा बढि मत ल्याउने उत्कृष्ठ दशमा र महिलामा सबैभन्दा बढि मत ल्याएर जित्ने भगबती चौधरीलाई यस पटक पनि जीताउन अभियान थालिएको अनेमसंघ इटहरी अध्यक्ष रोश्नी राईले बताउनुभयो ।

भगबती चौधरीले हजारौ महिलालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउनुभएको छ, उहाँलाई जीताउन शहर बजार देखि गाँउ गाँउका महिला लागि पर्ने नेकपा एमाले महाधिबेशन प्रतिनिधि रञ्जु सिग्देलको भनाई छ ।नेकपा एमालेको एघारौ महाधिबेशनमा भगबती चौधरी महिला तर्फ सबैभन्दा बढि २हजार ४४ मत ल्याएर बिजयी हुनुभयो,देशभर उहाँलाई त्यतिबढि बिश्वास छ सुनसरी ३ बाट पूनःजिताएर पठाउछौ महाधिबेशन प्रतिनिधि फरिदा खातुनको भनाई छ ।

हामीलाई दुःख पर्दा आइपुग्नेनै उहाँनै हो,उहाँलाई नजिताएर कस्लाई जिताउनु ?रञ्जना सरदारले भन्नुभयो । यसैबिच ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी प्रमुख ब्रम्हकुमारी शारदाले भगवती चौधरीलाई पून ः बिजयको शुभकामना ब्यक्त गर्नुभएको छ ।

यसअघि ०७९को चुनाबमा नेपाली काँग्रेसका नेता बिजय गच्छदारलाई ५हजार १८८ मतले हराएर भगबती चौधरी बिजयी हुनुभएको थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved