एमालेको सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषणा

  • माघ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित वृहत कार्यक्रममा कमिटी सार्वजनिक गरेको हो।

नवगठित कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी चयन भएकी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन्।

कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाल लगायत रहेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले युवा नेता टिकाराम माङ्लेन लिम्बूलाई सुनसरी–१ बाट उम्मेद्वार बनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार लिम्बूले फागुन २१ को चुनाव देशको विकास र समृद्धि चाहने शक्तिहरू र देशलाई तहसनहस पार्न खोज्ने शक्तिहरूबीचको निर्णायक संघर्ष भएको बताए।

उनले जनताको आशा र अपेक्षामा कहिल्यै धोका नदिने प्रतिबद्धता जनाउँदै एमालेको जित सुनिश्चित रहेको दाबी गरे।

“जनताले दिनुभएको अमूल्य मत र विश्वासको शिर निहुरिन दिनेछैन,” उनले भने, “म टिकाराम माङ्लेनले आजसम्म औँला उठ्ने गरी गलत काम गरेको छैन, र भविष्यमा पनि गर्ने छैन।”

माङ्लेनले सुनसरी–१ मा एमालेको किल्ला यथावत रहने जिकिरसमेत गरे।

२०६४ सालको संविधानसभा निर्वाचनबाहेक यस क्षेत्रबाट एमालेले निरन्तर जित हासिल गर्दै आएको स्मरण गराउँदै अघिल्लो निर्वाचनमा जसपाका उम्मेद्वार अशोककुमार राईलाई एमालेले सघाएर जिताएको उल्लेख गरे।

“यो चुनाव हामी जित्छौं, विजयी हुन्छौं र हाम्रो किल्ला जोगाइरहन्छौं,” उनले भने, “अन्य दलका नेता–कार्यकर्ताबाट समेत मलाई प्रोत्साहन र उर्जा मिलिरहेको छ।”

आफ्नो राजनीतिक यात्राबारे चर्चा गर्दै माङ्लेनले १७ वर्षको उमेरमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका लागि धरान आएको र त्यहीँबाट पार्टी नेतृत्वको मार्गदर्शनमा यहाँसम्म आइपुगेको बताए।

“धरान मात्र होइन, बराहक्षेत्र र रामुधनीलाई पनि मैले बुझेको छु,” उनले भने, “देश, युवा, सर्वहारा वर्ग र जनताको भविष्य नेकपा एमालेमै सुरक्षित छ। रोजगारी र सुरक्षाको एजेण्डा एमालेले मात्रै स्पष्ट रूपमा उठाएको छ।”

स्वच्छ छविको उम्मेद्वारको रूपमा आफू जनतामाझ उभिन सक्ने दाबी गर्दै उनले अहिलेसम्म भ्रष्टाचार, ठेक्कापट्टा वा कुनै पनि विवादमा नजोडिएको स्पष्ट पारे।

“न भ्रष्टाचार गरेँ, न लोभलालचमा परेँ। साधारण जीवन बिताइरहेको छु,” उनले भने, “काण्ड मच्चाएको भए प्रश्न उठ्थ्यो, तर त्यसो नगरेकोमा मलाई गर्व छ।”

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved