कोशी प्रदेशमा १४ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सेना परिचालन

  • माघ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिस भानिर्वाचनको लागि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको हो ।

नेपाल सरकारको निर्देशन तथा गृह मन्त्रालयबाट जारी ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुरूप आजदेखि प्रदेशभर नेपाली सेनाका फौजहरू परिचालन गरिएको सेनाले जनाएको छ। उक्त योजनाअनुसार सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिमा सम्भावित आपत्कालीन अवस्थाहरूमा शीघ्र प्रतिक्रिया जनाउने तथा मतदाताको निर्वाध आवागमन सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ।

यसैगरी, निर्वाचन सामग्रीको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा समेत सेनाले सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्वाचनभन्दा एक महिना अगाडिदेखि नै सबै जिल्लामा अस्थायी बेस स्थापना गरी सैनिक गस्ती तथा आवश्यकताअनुसार संयुक्त गस्ती सञ्चालन गरिने तयारी गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले सम्हाल्नेछ। निर्वाचन अवधिमा शान्ति–सुरक्षा तथा सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई सबै सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह समेत गरेको छ।

bigya

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved