धरानसहितकाे सुनसरी १ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

  • माघ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन । 

सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो ।

बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् । 

बैठकपछि मिडियालाई प्रतिकृया दिँदै प्रचार संयोजक राईले रणनीति बनाएको बताउँदै रणनीति के के रहेकाछन् भन्ने अहिले बताउन नमिल्ने क्रमशः परिणाममा देखिदैजाने बताए ।

राईले भने हामीले बनाएको योजनाले एमालेका उमेद्वार टिकाराम लिम्बूको जितलाई कसैले रोक्न नसक्ने बताए । 

बैठकमा उमेदवार टिकाराम लिम्बू सहभागी रहेका थिए ।

बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत लगायतका सहभागी रहेका थिए । 

प्रचार कमिटीमा को को रहेकाछन् र सचिवालय समेत गोप्य राखिएको राईले बताए ।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved