प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस सुनसरीमा भव्य रूपमा सम्पन्न

  • माघ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा सुनसरीमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रेस सेन्टर नेपाल सुनसरीद्वारा आयोजित कार्यक्रम धरान–३ स्थित सदन रोडमा रहेको प्रेस सेन्टर सुनसरीको कार्यालयमा सम्पन्न भएको हो।

कार्यक्रम जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेकपाका केन्द्रीय सदस्य जीवन राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले प्रेस सेन्टर क्रान्तिकारी चेत बोकेको पत्रकारहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै जनपक्षीय पत्रकारितामार्फत आवाजविहीन जनताको आवाज बन्न पत्रकारहरूलाई आग्रह गरे। उनले सत्य, न्याय र परिवर्तनका पक्षमा उभिने पत्रकारिताको आवश्यकता अझ बढेको बताउँदै स्थापना दिवसको शुभकामना व्यक्त गरे।

नेकपाका युवा नेता चोत्लुङले क्रान्तिकारी पत्रकार सङ्घ हुँदै प्रेस सेन्टरको रूपमा विकसित भएको यो सङ्गठनले सधैँ न्यायप्रेमी जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि जनमुखी र निर्भीक पत्रकारितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष तिर्थ कार्कीले प्रेस सेन्टर जनपक्षीय पत्रकार कृष्णसेन ‘इच्छुक’को रगतको डोबबाट जन्मिएको सङ्गठन भएको स्मरण गर्दै गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूको रक्षाका लागि श्रमजीवी पत्रकारहरूले अझ सशक्त रूपमा कलम चलाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मान भगत चाम्लिङ, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, निवर्तमान अध्यक्ष जनकऋषि राईलगायत पत्रकार तथा नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रेस सेन्टर नेपाल २०६१ साल माघ १५ गते ‘क्रान्तिकारी पत्रकार सङ्घ’का रूपमा स्थापना भई २०७३ साल माघ १९ गते ‘प्रेस सेन्टर नेपाल’ नामकरण गरिएको हो। कार्यक्रमको सञ्चालन सचिव विनोद विश्वकर्माले गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved