राजनीति

    Showing 1,031-1,040 of 1,922 items.
  • नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई

    धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।  उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न

    • प्रकाशित मितिः असार १९, २०८०
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

    विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 880 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीपियामा फेरी राखियो धरानको ‘सिमा प्रारम्भ’ बोर्ड

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा पानीपियामा पुनः धरानको सिमा प्रारम्भ बोर्ड राखिएको छ । सोमबार धरान नगर प्रहरीले उक्त बोर्ड राखेको हो । यस अघिपनि मेयर साम्पाङले बोर्ड राखेका थिए । राष्ट्रिय युवा सघं इटहरीले बोर्ड हटाएपछि आलोचना र सर्मथनहुन भएका थिए । दुई नगर विचको सिमाना विबाद मिलाउन धरानको कार्यपालिकाले जिल्ला समन्वय समितीलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर जिल्ला समन्वय समितीबाट कुनै पहल नभएको भन्दै मेयर साम्पाङले पुनः बोर्ड राख्न निर्देशन दिएका हुन । पानीपियामा सिमा प्रारम्भ बोर्ड राखिएको धरान नगर प्रहरीका प्रमुख विष्णु कोइराला ले जानकारी दिए

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,157 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करौडोको बजेट पानीमा, अझै बनेन भलुवा सिमसार

    कानेपोखरी /  मोरङको कानेपोखरी - ७ मा रहेको भलुवा सिमसारको लागि करोडौ रुपैया बजेट बिनियोजन गरेपनी बालुवामा पानी हाले सरह भएको छ । दुई वर्ष अघि देखि शुरु भएको भलुवा सिमसारको काम अझै अलपत्र परेको छ। सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसारलाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले हुदा नै भलुवा सिमसारको शिलान्यास उनले आफै गरेका थिए । भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८ सय ७० रुपैयामा झस्काई सएस मुटुयल जेबि  कम्पनीले ठेक्का लिएको थि

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सदस्यता शुद्धिकरणमा विभेद नगर्न प्रेस चौतारीको चेतावनी

     विराटनगर/  नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अ

    • प्रकाशित मितिः असार १८, २०८०
    • 931 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिको कामु उपकुलपतिमा डा. प्रल्हाद कार्की

    काठमाडौं /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो। आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन् । कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ। मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपत

    • प्रकाशित मितिः असार १८, २०८०
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगरको पुनर्जीवनका लागि बहस चलाऔ:मुख्यमन्त्री कार्की

    विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले भन्नुभयो, आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ  विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने

    • प्रकाशित मितिः असार १७, २०८०
    • 926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालेन साहको समर्थनमा इटहरीमा र्याली

    सुनसरी / देशको राष्ट्रिय स्वाधिनता, सम्प्रभुता तथा राष्ट्रिय अखण्डता रक्षाको लागि हाम्रो अभियान भन्ने नाराका साथ सुनसरीको इटहरीका युवाहरुले काठमाडौं महानगरपालिका प्रमुख बालेन बालेनको समर्थनमा र्याली निकालेका छन । निर्दल बालेनका पक्षमा हाम्रो दलबल स्वतन्त्र नागरिक र्यालीको नाममा युवाहरुले बालेनका पक्षमा इटहरीमा रयाली निकालेका हुन् । र्यालीमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट समेत युवाहरुको सहभागिता रहेको थियो । र्याली इटहरीका मुख्य बजार क्षेत्रमा प्रर्दशन गरिएको थियो । ञवेथिती विरुद्ध बालेनको ह्यामर तयार छ बोक्न गाउँ र नगर लेखिएको ब्यानर सहित निकालिएको र्यालीका संयोजक पारमणी गेलालले बालेन

    • प्रकाशित मितिः असार १६, २०८०
    • 888 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वर्गीय नेता मनमोहनको आर्दशलाई सबैले अनुशरण गर्नुपर्छ –उपकुलपती पोखरेल

    विराटनगर / मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुबास श्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकाले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन । १०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन । उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त

    • प्रकाशित मितिः असार १६, २०८०
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा पनि एमाले सरकार ढल्यो

    सुनसरी /  कोशी प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि नेकपा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। बहुमत ४७ पुर्याउनु पर्ने हुन्छ । १ मत पुर्याउन नसक्दा एमालेको सरकार ढलेको हो । प्रस्ताबको मतदानको लागि तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित रहिन । सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved