राजनीति

    Showing 1,021-1,030 of 1,673 items.
  • नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

    मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रम

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वसाधारणलाई चिसोबाट जोगाउनु सरकारको दायित्व

    देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • परिवर्तनका संवाहकहरूलाई नबिर्स

    विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 522 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण :पारिवारिक विवादले मुद्दा लम्बियो

    धरान /धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा मुद्दा अनिर्णित बनेको छ । अदालतबाट तोकिएको पेशी बारम्बार स्थगित हुँदै आएको छ । मुद्दा हेर्न नभ्याइने र झगडिया बीचको समय अनुकूल नभएका कारण पनि तेस्रो पटकसम्म पेशी स्थगित भएको छ । चौथो पेशी आइतबार रहेको छ । क्याम्पस प्रशासन र दाबी गरिएका मोही पक्षका बीचमा सहमतिको सर्वपक्षीय छलफलमा ठोस सहमति हुन प्रयास भए पनि टुङ्गो लाग्न सकेको छैन । मुद्दाका प्रमुख पक्ष यज्ञबहादुर क्षेत्री क्याम्पसको जग्गा दाबी गर्ने पक्षमा छैनन् तर उनी आफैले परिवारलाई मिलाउन सकेका छैन

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान

    मोरङ / प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन बोलाएका हुन् । प्रदेश १ मन्त्रीपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 417 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लान्ट जडानमा अख्तियारद्वारा छानबिन

    संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 495 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव बेचविखन भयावह बन्दै

    मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए । माइती

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 444 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धनको कारण काँग्रेस पाँच वर्ष पछि पर्‍यो’

    धरान / नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण नेपाली काँग्रेस पछि परेको बताएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र छुटिएर नेकपा एमालेसँग मिलेर सरकार बनाएसँगै नेता डा. कोइरालाले यस्तो धारणा राखेका हुन् ।  उनले सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेता डा. कोइरालाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । कोइरालाले जारी विज्ञप्तीमा भनेका छन् ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।सर्वप्रथम

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 328 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रश्नपत्र निर्माणमा बराहक्षेत्र शिक्षा समितिको लापर्बाही

    चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ । दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् । ‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामी

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

    विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 572 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved