समाचार

    Showing 9,711-9,720 of 10,062 items.
  • बिहिबारदेखि सरकारी तथा निजी कार्यालय दुई सिफ्टमा सञ्चालन

    कोरोना महामहारीको कारण सरकारले लकडाउनसँगै बन्द भएका सरकारी तथा निजी कार्यालय र बैँक,वित्तीय संस्था सरकारले बिहिबारदेखि दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,383 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६१४

    आज थप २५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न परीक्षणका क्रममा थप २५० जनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमित मध्ये पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । हालसम्म नेपालको ७२ जिल्लामा संक्रमण देखिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,039 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा एक भारतीय नागरिक सहित ३ जना कोरोना संक्रमित थपिए

    धरान । भारतबाट काम गर्न फर्किएका एक भारतीय नागरिक सहित सुनसरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भए संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । सुनसरीको हरिनगर क्वारेन्टाइनमा बसेका ३ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने हरुमा भारत घर भई सुनसरीमा रोजगारी गर्दै आएका एक भारतीय नागरिक रहेका छन् । उनी रोजगारीका लागि सुनसरी फर्केका थिए । हरिनगरमै बस्दै आएका उनी भारतबाट फर्के पछि स्थानीयले क्वारेन्टाइनमा लगेर राखेका थिए । त्यसै गरि रोजगारीका लागि भारत गएका हरिनगरकै एक जना र रामधुनीका १ जनामा पनि संक

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीको आइसोलेसनमा रहेका झापाका ३० जना घर फर्किए

    धरान । झापाबाट आएका कोरोना संक्रमित बिरामीहरु निको भएर विहिबार ३० जना घर फर्किएका छन् । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई गरेको हो । पछिल्लो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । कोरोना मुक्त हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् । उनका अनुसार प्रतिष्ठानमा नयाँ ८ जना सहित पुराना २४ जना कोरोना संक्रमित उपचारमै रहेका छन् । केही दिन अघि झापाकै २८ जना निको भएर घर फर्किएका थिए ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी आएका हाडजोर्नीका विरामी अप्रेसनका लागि निजी अस्पताल जानुपर्ने बाध्यता

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशनका लागि आएका बिरामीहरु निजी अस्पतालहरुमा गएर अप्रेसन गराउन बाध्य बनेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै प्रतिष्ठानले अप्रेशन लगायतका अन्य सेवाहरु बन्द गरे पछि दक्षिण एशियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानमा उपचारबाट समेत बञ्चित हुनुपरेको बिरामीहरुले गुनासो गरेका छन् । विशेष गरी हाडजोर्नीको अप्रेशन गर्नुपर्ने अवश्थाका बिरामीहरुले प्रतिष्ठानबाट सहज सेवा पाउन सकेका छैनन् । अप्रेशन गर्नका लागि कोरोनाको संक्रमण परिक्षण गर्नु पर्ने र परिक्षणको प्रक्रिया लामो भएकाले ढिलो अप्रेशन हुने हुँदा बाहिरै लानुपर्ने बाध्यता रहेको उनीहरुको भनाई

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा बिहिबार थपिए ६ जना कोरोना सङ्क्रमित

    धरान / सप्तरीमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै सप्तरीमा संक्रमितकोे संख्या १ सय २१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुनामा परीक्षणमा बिहिबार थप जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै ६ जना पुरुष भएको र उनिहरु हनुमान नगरको क्वारेनटाइनमा बस्दै आएका खुलेको छ ।  

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,066 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुवेत बाट पहिलो चरणमा १६१ जना नेपाली नेपाल आइपुगे , दोस्रो चरणका नेपालीहरु केहीबेरमा आइपुग्ने

    लकडाउनका कारण विदेशमा अलपत्र परेको नेपालीहरुलाई स्वदेश ल्याउने काम सुरु भएको छ । आजको पहिलो उडानबाट कुबेतमा अलपत्र नेपाली १६१ जनालाई नेपाल ल्याइएको छ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो । उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । कुबेतबाट आजै अरु थप १४० जना नेपालीहरुलाई समेत ल्याइनेछ । बाँकी नेपालीलाई लिएर आजै २ बजेपछि अर्को जहाज आउने त्रिभुवन विमानस्थलले जनाएको छ । पहिलो चरणमा आएका उनिहरु दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो । यसअघि म्यानमार

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पथरीमा अपाङ्गमैत्री भवनको शिलान्यास

    पथरी शनिश्चरे/  भौतिक निर्माण र पूर्वाधार विकासमा अगाडि रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १, बौद्धचौकस्थित रहेको पञ्चायत मावि, परिसरमा प्रदेशकै एकमात्र अपाङ्गमैत्री भवनको शिलान्यास भएको छ । पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले २८ गते बुधबार शिलान्यास गर्नुभएको सो भवन प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं। १ धनकुटाको सहयोगमा प्राप्त १ करोड बराबरको लागतमा बन्न लागेको हो ।  नमुना विद्यालयको रूपमा आकर्षणता बढाइरहेको पञ्चायत मावि यतिबेला पथरीको मात्र नभएर जिल्लाकै गहना बनेको छ, प्रदेशकै नमुना बन्ने क्रममा कदम बढाइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 647 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • बोटमै कुहिन थाले सुनसरी मोरङका लिची

    सुनसरी । लकडाउनको सबै भन्दा बढी समस्या कृषी क्षेत्रमा परेको छ । उत्पादन भएका वस्तुहरु बजार सम्म पुर्याउन नसक्दा बारीमै उत्पादनहरु कुहिन थालेका छन् । अहिलेको मौसमी फलफुल लिचि, आप लगायतका फलफुलहरु बोटमै कुहिन थाले पछि कृषकहरु चिन्तित बनेका छन् । लकडाउनले सुनसरी र मोरङ्खका लिचि कृषकहरूको आम्दानीलाई पनि लक गरिदिएको छ । लकडाउनको कारण बजार सम्म पुर्याउन नसक्दा लिच्ची बोटमै कुहिन थालेको कृषकहरू बताउँछन । वर्षभरी कुरेर सिजनमा लिच्चीको व्यापार बाटनै लाखौंको आम्दानी गर्ने कृषकहरू यो वर्ष लाखौंको आम्दानी बोटमै कुहिन थालेको गुनासो गरेका छन । प्रत्येक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका सुनसरी

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय

    काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार सााझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । गत चैत ६ गते देखि हुने भनिएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थियो । विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।  

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved