सुनसरी । लकडाउनको सबै भन्दा बढी समस्या कृषी क्षेत्रमा परेको छ । उत्पादन भएका वस्तुहरु बजार सम्म पुर्याउन नसक्दा बारीमै उत्पादनहरु कुहिन थालेका छन् ।
अहिलेको मौसमी फलफुल लिचि, आप लगायतका फलफुलहरु बोटमै कुहिन थाले पछि कृषकहरु चिन्तित बनेका छन् । लकडाउनले सुनसरी र मोरङ्खका लिचि कृषकहरूको आम्दानीलाई पनि लक गरिदिएको छ ।
लकडाउनको कारण बजार सम्म पुर्याउन नसक्दा लिच्ची बोटमै कुहिन थालेको कृषकहरू बताउँछन । वर्षभरी कुरेर सिजनमा लिच्चीको व्यापार बाटनै लाखौंको आम्दानी गर्ने कृषकहरू यो वर्ष लाखौंको आम्दानी बोटमै कुहिन थालेको गुनासो गरेका छन । प्रत्येक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका सुनसरी मोरङ्खका कृषकहरूले यो वर्ष लकडाउनका कारण सोचेजस्तो लिच्ची बिक्री गर्न नपाएपछि चिन्तित बनेका छन् । लकडाउनका कारण सोचेजति वजारमा लिच्ची बिक्री गर्न नपाएको लिचि कृषक मिठ्ठु गिरी बताउँछिन् ।
उनले भनिन्, ‘पहिले त बजार राम्रै चल्थ्यो नि अहिले त लकडाउनले गर्दा बन्दै बन्द, कहाँ लगेर बेच्नु, बोटमै कुहिसक्यो, पहिले त व्यापारीहरु बोटमै लिन आउँथे, अहिले त कोही आउँदैनन्, हामीलाई बजार सम्म लान पनि दिदैनन् ।’
लकडाउनको कारण स्थानीय कृषकहरूले लिच्ची बजार सम्म पुर्याउन सकेका छैनन तर भारतीय लिच्ची भने निर्वाध रुपमा बजार सम्म आइरहेको छ । पुर्वी नेपाल वाट अघिल्ला वर्षहरुमा काठमाण्डौ र देशका विभिन्न शहरमा लिच्ची निर्यात हुदै आएको थियो ।