आज थप २५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न परीक्षणका क्रममा थप २५० जनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
संक्रमित मध्ये पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।
हालसम्म नेपालको ७२ जिल्लामा संक्रमण देखिएको छ ।