पथरीमा अपाङ्गमैत्री भवनको शिलान्यास

  • जेठ २९, २०७७
  • "भूमिप्रसाद पाठक"
alt

पथरी शनिश्चरे/  भौतिक निर्माण र पूर्वाधार विकासमा अगाडि रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १, बौद्धचौकस्थित रहेको पञ्चायत मावि, परिसरमा प्रदेशकै एकमात्र अपाङ्गमैत्री भवनको शिलान्यास भएको छ । पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले २८ गते बुधबार शिलान्यास गर्नुभएको सो भवन प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं। १ धनकुटाको सहयोगमा प्राप्त १ करोड बराबरको लागतमा बन्न लागेको हो ।

 नमुना विद्यालयको रूपमा आकर्षणता बढाइरहेको पञ्चायत मावि यतिबेला पथरीको मात्र नभएर जिल्लाकै गहना बनेको छ, प्रदेशकै नमुना बन्ने क्रममा कदम बढाइरहेको छ । विद्यालयले यसअघि माध्यमिक स्तरमा कानुनी विषयमा पठनपाठन र कक्षा ८ देखि १२ सम्म ऋत्भ्ख्त् सम्बद्ध प्रविधि एवं सीपमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको थियो । प्रदेश नं। १ को नमुना विद्यालयको योजनामा सुरू भएको विद्यालयमा पूर्ण अपाङ्गता भएका विध्यार्थीहरूका लागि आवास निर्माण कार्य समेत सुरू भएको छ । अहिलेसम्म प्रदेश नं। १ मा उत्कृष्ट नतिजा निकाल्न सफल यस पञ्चायत माविमा विज्ञान, कानुन, प्राविधिक शिक्षा ९सिभिल इञ्जीनियरिङ०, ब्यावस्थापन, शिक्षा र मानवकी शिक्षा सञ्चालनमा रहेको छ । विद्यालयमा उल्लेख्य संख्यामा अध्ययनरत् शारीरिक असक्त एवं बौद्धिक अपाङ्ग विद्यार्थी लक्षित यो अत्याधुनिक साधनस्रोत र सुविधासम्पन्न भवन यसपटक प्रदेश सरकारको बहुवर्षिय योजनाअन्तर्गत अघि बढाइएको अपाङ्गमैत्री भवन शिलान्यास कार्यक्रम सञ्चालनका क्रममा विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।

प्राचार्य बुढाथोकीका अनुसार आधारभूत शिपसहितको गुणस्तरीय शिक्षामा जोड दिँदै आएको सो विद्यालयका लागि सबैको सहयोगमा बौद्धिक अपाङ्गता भएकाहरूका लागि यसखाले कार्यक्रम प्राप्त भएको हो । यो विद्यालय जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका लागि उपयुक्त पठनपाठनस्थल समेत हो ।

पहिलो योजनाअन्तर्गत २ तलामा १६ कोठाको निर्माणाधीन भवनमा २ सयजना बौद्धिक अपाङ्गता भएका बालबालिका सहजै अटाउन सकिने र सोहीअनुसार आउँदो शैक्षिक सत्रदेखि पठनपाठनको प्रक्रिया सहज ढंगले अघि बढाइने कार्यक्रम रहेको अपाङ्गतामैत्री भवन निर्माण शिलान्यासमा उपस्थित विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी तुम्बापोले बताउनुभयो ।

भौतिक रूपमा उभिएको विद्यालय मात्र नमुना घोषणा भएर पुग्दैन, मूलतः दैनन्दिन प्रशासन व्यवस्थापन, आजको शैक्षिक बजारले मागेको पठनपाठन, यसमा विषयगत गुणस्तर कायम र सिङ्गो समुदाय परिचालन आदि क्षेत्रमा नमुना परिणाम प्राप्ति गर्नु नमुना विद्यालय निर्माणको अनिवार्य शर्त हो । यसकारणले यो सामुदायिक सम्पत्ति हो । शिक्षक, विद्यार्थी र अभिभावकबीचको अन्तरघुलनले विद्यालय बन्ने र बनाउने हो । विद्यालयको दैनन्दिन प्रशासन, प्रशासन व्यवस्थापन, लगन, निष्ठा, इमान आदिको प्रश्नमा विषयगत योग्यतासरह नेतृत्वमा पृथकखालको योग्यता देखिनुपर्छ ।

यस मामिलामा अहिलेको नेतृत्व अब्बल छ । प्रयोगको यो छोटो समयमा उम्दा सावित भएको छ । समाजमा नेतृत्वको पर्याय बनेको छ । यो नेतृत्व मातहत २२र२३ सयभन्दा बढी विद्यार्थी, शिक्षक–शिक्षिका र समुदायमा आधारित अभिभावकलाई डोहोर्‍याउन सकेको छ । मूलतः यसले नै यस विद्यालयलाई नमुना विद्यालय बनाउन प्रशस्तै आधारहरू पैदा गरेको छ । यस मानेमा स्थानीयबासी हुनुको नाताले निशर्त गर्व र गौरवबोध गर्नुपर्छ भन्नुहुन्छ स्थानीय शिक्षाप्रेमी एवं समाजसेवी युवराज बास्कोटा ।

कार्यक्रममा सहायक प्राचार्य बिना राई, बुद्धिनाथ अधिकारी, स्थानीय सामाजिक अधिकारकर्मी एवं लायन्स नेतृत्व तुलसी ढकाल, रोशन बुढाथोकी, भूपू विद्यार्थी समाजका अध्यक्ष भीमकुमार राई, स्थानीय पत्रकारसहित स्थानीय गन्यमान्य एवं प्रबुद्ध समुदायको उपस्थिति रहेको थियो ।

 

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved