समाचार

    Showing 9,691-9,700 of 10,062 items.
  • नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियालीमा धरानमा दिप प्रज्वलन

    धरान । लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियाली मा धरानमा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा संघ र बिध्यर्थी संगठन ले सन्युक्त रुपमा दिप प्रज्वलन गरेका हुन् । धरानको भानुचोकमा नेपालको झन्डा बनाएर मैनबत्ती बाल्दै सरकारले गरेको सम्बिधान सन्सोधन स्वागतयोग्य रहेको युवा नेताहरु ले बताए । कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुबेदिले देश को सिमा मिचिए नेपाली जनताले कुनै पनि हालतमा सहेर नबस्ने बताए । युवा संघका नेताहरु बिनोद राई, हरि लिम्बु, बिध्यार्थी नेता खेम रनपहेली, आर्यन वाग्लेले अरु को सिमा पनि चाहिन्दैन ह

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय दलित पत्रकार संघ नेपालले तयार गरेको रुकुम पश्चिम हत्याकाण्डको प्रारम्भिक प्रतिवेदन को सार यस्तो छ

    धरान । राष्ट्रिय दलित पत्रकार संघ नेपालले तयार गरेको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको प्रारम्भिक प्रतिबेदन धरानमा पनि सार्बजनिक गरेको छ । संघ को सुनसरी शाखाले धरानको भानुचोकमा प्रतिबेदन सार्बजनिक गरेको हो । संघ को केन्द्रिय उपाध्यक्ष गोपाल बराइलिको सन्योजकत्वमा घटनाको स्थलगत अध्ययन गरेको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल को ठहर रहेको छ । सुनसरी शाखा का अध्यक्ष दिनेश गजमेरको सभापतित्वमा भएको कार्यक्रम मा ७ पृष्ठ लामो प्रतिवेदनलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रणध्व

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घरबहाल समस्या समाधानका लागि सुनसरी उवा संघद्वारा समिति गठन

    कोरोना (कोभिड–१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग÷व्यवसाय संचालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको छ । सोही अनुरुप २०७७ साल जेष्ठ ३० गते बसेको संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समितिको गठन भएको छ । संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घर धनीहरुलाई सम्मान समेत गरिने महासचिव अग्रवालले बताएका छन् ।  

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघद्वारा व्यवसायीहरुको निःशुल्क कोरोना बीमा

    धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । हाल नेपालमा दु्रत गतिमा कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले यस्तो निर्णय गरेको हो । संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरुले २०७७ आषाढ २० गतेसम्म सदस्य नविकरण गरेमा रु. ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने भएको हो । यस कार्यको लागि संघले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरिसकेको छ । संघका कार्यसमिति विष्णु बरालका अनुसार यदि व्यवसायीहरुको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पो

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

     काठमाडौं/  भारतले अतिक्रमण गरेको निपाली भुभाग सहितको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । गत जेठ जेठ ५ गते नै मन्त्रिपरिषद्ल नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत्

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, थप २ जनाको मृत्यु

    काठमाडौं / नेपालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । संक्रमितहरुमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन । नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ । गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुस

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,358 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभामुखद्वारा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

    काठमाडौँ /समाजवादी पार्टीकी सांसद सरित गिरीद्वारा संघीय संसदमा पेश गरेको संशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । सभामुख सापकोटाल संघीय संसद नियमावली , २०७५ को नियम ११२ विपरीत रहेको देखिएको भन्दै संशोधन प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका हुन् । प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउँदा पालना गर्नुपर्ने शर्त राखिएका छन् । सांसद गिरीले पेश

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन गर्ने

    धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेकोे खर्च(विवरण सहित)

    काठमाडौं । चौतर्फि सरकारको आलोचना हुन थाले पछि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा देशमा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रण तथा रोकाथाम र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।  सरकारले यस अघि १० अर्ब रुपैयाँ खर्च भएको बताएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा जनताले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सडक, सदनमा आबाज उठाएका थिए । खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।  

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,382 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण, थप एकजनाको मृत्यु

    काठमाडौं / आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्। नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved