धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । हाल नेपालमा दु्रत गतिमा कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले यस्तो निर्णय गरेको हो ।
संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरुले २०७७ आषाढ २० गतेसम्म सदस्य नविकरण गरेमा रु. ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने भएको हो ।
यस कार्यको लागि संघले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरिसकेको छ ।
संघका कार्यसमिति विष्णु बरालका अनुसार यदि व्यवसायीहरुको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएमा बीमा कम्पनी मार्फत बीमा गरिएका व्यवसायीले रु. ५० हजार पाउने बताए ।