कोरोना (कोभिड–१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग÷व्यवसाय संचालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको छ ।
सोही अनुरुप २०७७ साल जेष्ठ ३० गते बसेको संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समितिको गठन भएको छ । संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घर धनीहरुलाई सम्मान समेत गरिने महासचिव अग्रवालले बताएका छन् ।