धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन गर्ने

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ ।

करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु

विवाहको लागी अहिले चारवटा क्याटोगरी रहेको झाले बताइन । ुहाल हामीले रोयल, क्लासिक रोयल, प्राइम र प्राइम प्लस गरी चार क्याटोगरीको विवाहको प्लान गरेका छौ ।ु उनले भनिन, ुक्लासिक रोयलमा आवश्यकता अनुसार घोडा लगायतको सुविधा दिइनेछ । यस्तै प्राइम प्लसमा हरेक समुदायको संस्कृति अनुसारको विधीहरू प्लस गरिनेछ । रोयल राजकिय तरीकाको र प्राइममा विवाहका लागी चाहिने आधारभुत सेवा प्रदान हुनेछ ।ु विवाह घरमा वा बाहिर देशभर जहाँ गरेपनि सेवा उपलब्ध हुने उनले बताइन ।

गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टले वेडिङ, डेस्टिनेसन वेडिङ, इन्जेगमेन्ट, एनिभर्सरी, कर्पोरेट इभेन्ट, बेबी सावर, ब्रतबन्ध, गुन्युचोली, पास्नी, जन्मदिनको कार्यक्रम लगायतको सेवा दिइने होटल गजुर प्यालेसका संचालक गोपाल आर्चायले बताए । सेवाको लागी होटल गजुर प्यालेसको वेभसाइटwww.hotelgajur.com । वा ०२५ ५२१८७२ मा सम्पर्क गर्न सकिने आचार्यले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved