राष्ट्रिय दलित पत्रकार संघ नेपालले तयार गरेको रुकुम पश्चिम हत्याकाण्डको प्रारम्भिक प्रतिवेदन को सार यस्तो छ

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राष्ट्रिय दलित पत्रकार संघ नेपालले तयार गरेको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको प्रारम्भिक प्रतिबेदन धरानमा पनि सार्बजनिक गरेको छ । संघ को सुनसरी शाखाले धरानको भानुचोकमा प्रतिबेदन सार्बजनिक गरेको हो । संघ को केन्द्रिय उपाध्यक्ष गोपाल बराइलिको सन्योजकत्वमा घटनाको स्थलगत अध्ययन गरेको थियो ।

जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल को ठहर रहेको छ । सुनसरी शाखा का अध्यक्ष दिनेश गजमेरको सभापतित्वमा भएको कार्यक्रम मा ७ पृष्ठ लामो प्रतिवेदनलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रणध्वज लोहार ले बाचन गरेका थिए। बाचन् गर्दै लोहार ले घटनाको जरिया ९जड० अन्तरजातीय प्रेमसम्बन्ध नै रहेको दावी गरेकाछन ।

दलित अधिकारकर्मी , राजनीतिककर्मी , पत्रकार, समाजसेवी , न्यायप्रेमी हरुको उपस्थिती रहेको कार्यक्रममा दलित अधिकारकर्मी गंगा कालिकोटेले बोलेका थिए। उनले जातकै कारण भुस्या कुकुरलाइ जस्तो खेदी खेदी मार्ने लाई कार्वाही नभए जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिए । सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । पत्रकारहरु आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएकोले संघ ले तयार पारेको प्रारम्भिक प्रतिवेदनले हामी सबैलाइ उक्त घट्ना बारे सहि जानकारि दिएको भन्दै संघ लाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष दिनेश गजमेरले संघ ले कसैको प्रभाव र सहयोग नलिईकन टोलु स्वयम् घट्ना स्थलमै गएर घटनाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारेकाछन । प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रम लाई सन्चालन गर्दै , संघ का सचिव बिनोद दर्नाल ले नवराज बिक सहित ६ जनाको हत्याराले कुनै पनि राजनितीक दवाव या अन्य प्रलोभनमा परि कुनै पनि हालतमा उन्मुक्ति पाउन हुन्न भनेर नेपालभरिका दलित पत्रकारहरुले आफ्नो ठाउबाट कलम चलाइ रहेको बताएकाछन ।

प्रारम्भिक प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ ।सदस्यहरुमा संघका केन्द्रिय सदस्य भीम घिमिरे, संघका ५ नं प्रदेश अध्यक्ष चिन्ता परियार, अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली ,संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लब काठमाडौंमा पनि पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।यही जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

प्रतिवेदनमा भनिएको छ, “यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।

अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया ९जड० अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved