धरान । लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियाली मा धरानमा दिप प्रज्वलन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा संघ र बिध्यर्थी संगठन ले सन्युक्त रुपमा दिप प्रज्वलन गरेका हुन् ।
धरानको भानुचोकमा नेपालको झन्डा बनाएर मैनबत्ती बाल्दै सरकारले गरेको सम्बिधान सन्सोधन स्वागतयोग्य रहेको युवा नेताहरु ले बताए ।
कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुबेदिले देश को सिमा मिचिए नेपाली जनताले कुनै पनि हालतमा सहेर नबस्ने बताए ।
युवा संघका नेताहरु बिनोद राई, हरि लिम्बु, बिध्यार्थी नेता खेम रनपहेली, आर्यन वाग्लेले अरु को सिमा पनि चाहिन्दैन हाम्रो सिमा मिच्ने लाइ नछाड्ने चेतावनी दिएका छन् । उनिहरुले सिमानाकाको भारतको हस्तक्षेप सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।