प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt शनिबार बसेको प्रतिनिधि सभाको बैठक

 काठमाडौं/  भारतले अतिक्रमण गरेको निपाली भुभाग सहितको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

गत जेठ जेठ ५ गते नै मन्त्रिपरिषद्ल नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो ।

संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने नेपालको संविधानमै व्यवस्था भए अनुसारनै मतदानबाट दोस्रो संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको हो ।
आजको बैठकमा उपस्थित सबै २५८ जनाले नै संविधान संशोधनका पक्षमा मतदान गरेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस " भन्ने प्रस्ताव सदनमा पेश गरेकी थिइन् । उक्त प्रस्ताव माथि दफावार छलफलमा सबै राजनीतिक दलले समर्थन जनाएका थिए ।

 प्रतिनिधिसभाबाट दुई तिहाइ बहुमतका आधारमा पारित भएपछि उक्त विधेयकले राष्ट्रियसभामा प्रवेश पाउनेछ भने त्यहाँ पनि प्रतिनिधिसभामा जस्तै विभिन्न प्रक्रिया पूरा गरी निर्णयार्थ पेश भई दुई तिहाइका आधारमा विधेयक अनुमोदन गर्नुपर्नेछ ।

संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved