काठमाडौँ /समाजवादी पार्टीकी सांसद सरित गिरीद्वारा संघीय संसदमा पेश गरेको संशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन् ।
संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।
सभामुख सापकोटाल संघीय संसद नियमावली , २०७५ को नियम ११२ विपरीत रहेको देखिएको भन्दै संशोधन प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका हुन् ।
प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउँदा पालना गर्नुपर्ने शर्त राखिएका छन् ।
सांसद गिरीले पेश गरेको संशोधन प्रस्ताव नियम ११२ (१) को ’ख’, ’ग’ र ’च’मा रखिएको शर्त विपरीत भएकाले सभामुखले नियमावलीको ११२ (२) ले दिएको अधिकार अनुसार उक्त प्रस्तावलाई खारेज गरिदिएका छन् ।