समाचार

    Showing 9,621-9,630 of 10,062 items.
  • धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत राहत रकम वितरण

     धरान / विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न तिन महिना अघि देखि लकडाउन जारी गरिएको छ । लकडाउनको कारण सरसाधारणमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै स्थानिय समाजसेवीी दाताहरु कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे र डा रमेश ईजम द्वारा धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत १०१ घर परिवारलाई प्रति परिवार रु २५०० का दरले राहत रकम वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा सहयोगी दाता कल्पना सुब्बाले आफुहरुले मानविय कार्यको लागि सहयोग गरेको र संकटको समयमा सहयोग गर्दा समस्यामा परेकाहरुलाई केहि राहत पुग्ने विश्वास लिएक

    • प्रकाशित मितिः असार ७, २०७७
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका पालिकाहरु वार्षिक बजेट नीति तथा कार्यक्रम ल्याउने तयारीमा

    सुनसरी । सुनसरीको विभिन्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरु आफ्नो अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको छ । संवैधानिक व्यवस्था अनुसार कोरोनाको कहरका बीच समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो । न्यौपानेले पालिकाको गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने भएकाले त्यसको तयारी स्वरुप प्रत्येक वडामा ५० लाखको बजेट सिलिगं दिएर योजना माग गरेर वडाहरुबाट काम सुरु भएको जानकारी दिनुभयो । देवानगञ्जले करिव ३३ करोडको हाराहारीमा बजेट ल्याउने त

    • प्रकाशित मितिः असार ६, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीटप्पु सिमसारमा सफाईको काम सुरु

    सुनसरी । कोशीटप्पु बन्यजन्तु आरक्षमा पर्यटक भित्रियाउने सम्भावना बोकेको सिमसार क्षेत्रको संरक्षण गर्न सफाईको काम सुरु गरिएको छ । मध्यवर्ती तथा सिमसार क्षेत्रमा पर्ने पूर्वी तटबन्धको छेउमा जलकुम्भीको कारणले सुक्ने अवस्थामा पुगेको र ओझेलमा परेको सिमसार सरसफाईमा सुनसरीको कोशी गाउँपालिकाको कार्यालयले ध्यान दिएको हो । जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन देखी कोशी गाउँपालिकाको पश्चिम कुशाहा, श्रीपुर र हरीपुरसम्मको सीमसार क्षेत्र मध्ये कोशी गाउँपालिका ३ नम्बर वडा क्षेत्रमा पर्ने सीमसारको सरसफाई थालेको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक

    • प्रकाशित मितिः असार ६, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका पत्रकारलाई तनाव व्यवस्थापन अभिमुखिकरण

    धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

    आज थप ३३१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ४९ जना महिला र २८२  जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५७८ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी गाउँपालिका २ जना थपिए सँगै सुनसरीमा कोरोना संक्रमित ६४ पुगे

    धरान । कोशी गाउँपालिकामा शनिबार दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिए संगै सुनसरीमा संक्रमितको संख्या ६४ पुगेको छ । भारतबाट फर्किएर कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब परिक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सुनसरीमा अहिले पनि क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न

    धनकुटा/ धनकुटाको छथरजोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धन विकास कार्यक्रम अन्तरगत फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षमा विनियोजन गरिएको ३ लाख ५० हजार बजेटले झर्ना जाने बाटोमा सिडी निर्माण, वाल उठाउने र धारा निर्माण कार्य सम्पन्न भएको छथर जोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण कुमार आले मगरले बताए । फाप्रे झर्ना करिब ३० मीटर उचाईको रहेको छ । उक्त झर्ना प्रचार–प्रसार तथा बाटोघाटोको अभावमा ओझेल परेकाले झर्ना जाने बाटोमा सिडी निर्माण लगायत कार्य सकिएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,834 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कृषियोग्य जमिनको खण्डीकरण रोकथाम निर्णय पुनरावलोकन गर्न अख्तियारको सुझाव

    धरान । कृषियोग्य जमिनको कित्ताकाट रोक्का गरि खण्डीकरण नियन्त्रण गर्न यस अघि सरकारले गरेका निर्णयहरु झन्झटिलो र सम्बन्धित निकायहरुमा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएकाले पुनरावलोकन गर्न अख्तियार अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । मन्त्रालयको कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धको यस अघिको मन्त्रालयको निर्णयको उद्देश्य अनुरुपको प्रभावकारिता नदेखिई झनै जटिलता र अनियमितताहरुले प्रश्रय पाएको भन्दै पुनरावलोकन गर्न आयोगले सिफारिस गरेको हो । शुक्रबार आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा मन्त्रालयको निर्णयमा कृषियोग्य जग्गाको मात्र खण्डीकरण नियन्त्रण गर्न

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित संग बिहे गरेकै कारण बाबुको काजक्रिया गर्न छोरीलाई अलग्गै

    धरान । दलित सँग बिहे गरेकै कारण मोरङको केराबारीमा बाबुको काजक्रिया गर्न बाट छोरी बञ्चित हुनु परेको छ । दश वर्ष अघि दलित समुदायका विश्वकर्मा युवक सँग बिहे गरेकी अन्जु पुरीले परिवार सँगै बसेर बाबुको काजक्रिया गर्न बाट बञ्चित हुनुपरेको हो । मोरङको केराबारी गाउँपालिका ६ स्थित अमृत चौंककी अन्जुले १० वर्ष अघि पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ का सुभाष दर्नाल सँग बिहे गरेकी थिईन् । उनलाई कामी सँग बिहे गरेकाले कमिनी भईस भन्दै परिवार सँगै बसेर काजक्रिया गर्न बाट आफन्त सहित पण्डितले बञ्चित गरेका हुन् । परिवारले संगै बसेर काजक्रिया गर्न बाट बञ्चित गरे पछि घर नजिकैको गोठमा बस्न बाध्य भएकी छिन् । मोरब

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थीत बजारले इटहरीमा कोरोना संक्रमण फैलिन सक्ने खतरा

    इटहरी । प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरीमा लकडाउन खुकुलो बनाएसंगै कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ । दैनिक व्यापार व्यवसायहरू खुल्ला गरिएसंगै स्थानीयहरूको बढदो भिड अहिले नियन्त्रण बाहिर पुगेको छ । अव्यवस्थीत बजारले बढाएको जोखिम र थेग्नै नसकिने गरी देखिएको स्थानीयको भिडले कोरोना भाइरस संक्रमण फैलिने खतरा देखिएको हो । हाल इटहरीमा सबै प्रकारका व्यापार व्यावसाय खुल्ला गरिएका छन भने शैक्षिक संस्थाहरू, ट्युसन सेन्टर , इन्स्टिच्युट, धार्मिक कार्यक्रम लगायत सभाहरू गर्न दिइएको छैन । खुल्ला गरिएका बजारहरूमा सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा पछिल्लो समय इटहरी पनि कोरोना भाइरसको

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,306 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved