धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत राहत रकम वितरण

  • असार ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान / विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न तिन महिना अघि देखि लकडाउन जारी गरिएको छ ।

लकडाउनको कारण सरसाधारणमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै स्थानिय समाजसेवीी दाताहरु कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे र डा रमेश ईजम द्वारा धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत १०१ घर परिवारलाई प्रति परिवार रु २५०० का दरले राहत रकम वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा सहयोगी दाता कल्पना सुब्बाले आफुहरुले मानविय कार्यको लागि सहयोग गरेको र संकटको समयमा सहयोग गर्दा समस्यामा परेकाहरुलाई केहि राहत पुग्ने विश्वास लिएको बताउनु भयो ।

सुनगाभा टोल विकास समिति धरान १५ का सदस्य कल्पना सुब्बा,ध्रवज्योतिपथ निवासी सरीता सुब्बा, नरेन्द्र कुमार थेवे ,डा रमेश इजम लिम्बू ,समाजसेवी कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे द्वारा रु २५२५०० राहत रकम वडा १५ सगको समन्वयमा सम्पन्न भएको थियो ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष नरेश ईङवारमले १५ वडामा अहिले सम्म कै ठुलो राहत सहयोग भएको भन्दै सहयोगी दाताहरु प्रति धन्यवाद ज्ञापन गरे । उनले अशक्त, अत्यन्तै विपन्न लाई राहत वितरण गरिएको बताए ।

 कार्यक्रममा सुनगाभा टोल विकास समिति धरानका पदाधिकारिहरु र समाज सेवी तथा सहयोगी दिप नारायण श्रेष्ठ ,ज्ञान कुमारि श्रेष्ठ ,कुमार श्रेष्ठ ,जोष्ना श्रेष्ठ, मालती थेवे, भिम थेवे, धरानका नेकपा ईन्चार्ज चोत्लुङ फोक्वा हाङ सुब्बा लगायतको उपस्थिती रहेको थियो ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved