कोशीटप्पु सिमसारमा सफाईको काम सुरु

  • असार ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोशीटप्पु बन्यजन्तु आरक्षमा पर्यटक भित्रियाउने सम्भावना बोकेको सिमसार क्षेत्रको संरक्षण गर्न सफाईको काम सुरु गरिएको छ ।

मध्यवर्ती तथा सिमसार क्षेत्रमा पर्ने पूर्वी तटबन्धको छेउमा जलकुम्भीको कारणले सुक्ने अवस्थामा पुगेको र ओझेलमा परेको सिमसार सरसफाईमा सुनसरीको कोशी गाउँपालिकाको कार्यालयले ध्यान दिएको हो ।

जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन देखी कोशी गाउँपालिकाको पश्चिम कुशाहा, श्रीपुर र हरीपुरसम्मको सीमसार क्षेत्र मध्ये कोशी गाउँपालिका ३ नम्बर वडा क्षेत्रमा पर्ने सीमसारको सरसफाई थालेको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरिएको अंसारीले बताउनुभयो ।

आरक्ष प्रशासनले सिमसार संरक्षणमा ध्यान नदिएको र दिनप्रतिदिन सिमसार मासिने , नासिने र सुक्ने क्रम बढेकाले गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरेको वहाँको भनाई छ ।

सिमासर क्षेत्रको अस्तित्व नै संकटमा परेको देखेर गाउँपालिकाले राम्रो कामको सुरुवात स्वरुप एकातिर बेरोजगारहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पनि दिने र अर्कोतिर रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाई गरि पर्यटक भित्रियाउन सहज पार्ने काम गरेको कोशीका स्थानीय ललित यादवले बताउनुभयो ।

असार १५ धरान पानबारी ...

पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालि ...

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved