धरानमा ८ हजार ३७० लागूऔषध ट्याब्लेट/क्याप्सुलसहित दुई युवक पक्राउ

  • असार १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्गबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

प्राप्त सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर  र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ३:४५ बजे चेकजाँच गर्ने क्रममा धरान–१७ फोकल्यान्डका ३० वर्षीय आङदावा तामाङ र १९ वर्षीय बुद्ध दर्जीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट Caliban का ४ हजार १८५ ट्याब्लेट र Tramol-50 का ४ हजार १८५ क्याप्सुल गरी जम्मा ८ हजार ३७० लागूऔषध ट्याब्लेट/क्याप्सुल बरामद गरिएको छ।

पक्राउ परेका दुवैलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved