दलित संग बिहे गरेकै कारण बाबुको काजक्रिया गर्न छोरीलाई अलग्गै

  • असार ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दलित सँग बिहे गरेकै कारण मोरङको केराबारीमा बाबुको काजक्रिया गर्न बाट छोरी बञ्चित हुनु परेको छ ।
दश वर्ष अघि दलित समुदायका विश्वकर्मा युवक सँग बिहे गरेकी अन्जु पुरीले परिवार सँगै बसेर बाबुको काजक्रिया गर्न बाट बञ्चित हुनुपरेको हो ।

मोरङको केराबारी गाउँपालिका ६ स्थित अमृत चौंककी अन्जुले १० वर्ष अघि पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ का सुभाष दर्नाल सँग बिहे गरेकी थिईन् । उनलाई कामी सँग बिहे गरेकाले कमिनी भईस भन्दै परिवार सँगै बसेर काजक्रिया गर्न बाट आफन्त सहित पण्डितले बञ्चित गरेका हुन् । परिवारले संगै बसेर काजक्रिया गर्न बाट बञ्चित गरे पछि घर नजिकैको गोठमा बस्न बाध्य भएकी छिन् ।

मोरबुबा शमशेर पुरीको गत जेठ २९ गते निधन भए पछि परिवारले नै खबर गरेका थिए । काठमाण्डौमा बस्दै आएका उनीहरु असार १ गते केराबारी आएका थिए । वडा कार्यालयको पहलमा गरिएको पिसिआर टेष्ट नेगेटिभ आए पछि अन्जु काजक्रिया गर्नका लागि घर गएकी थिईन् । तर आफन्त र पण्डितले कामी सँग बिहे गरेकाले कमीनी भएको भन्दै छुट्टै बसेर काजक्रिया गर्न भने पछि आफु माथि विभेद भएको अन्जुका श्रीमान सुभाष दर्नालले बताए ।

सुभाषका अनुसार सँगै बसेर काजक्रिया गर्न दिनुस भन्दा पण्डित नै नआउने भए पछि उनी पछि सरे । नजिकैको गोठमा १३ दिने जुठो बारेर अन्जु बसेकी छिन् । बाहिरै बसेर जुठो बार्नु परेको खबर बाहिर लगे कुटाई खान्छस भन्दै आफन्तले धम्की दिएको उनले बताए । उनले भने, ‘पण्डित र आफन्तले जबरजस्ती गरे यहाँबाट जानै दिन्न, कुटाई खान्छस, जे पनि हुन सक्छ भन्दै धम्काएका छन्, अहिले हामी असुरक्षित भएका छौं ।’

परिवारले सँगै बसेर जुठो बार्न नदिए पछि उनीहरु नजिकैको गोठमा बसेका छन् । ८ वर्षिय छोरी उनीहरुको साथमा छिन् । उनलाई जुठोमा बसेका परिवारले खाना भने पकाएर दिने गरेका छन् । सगोलमा कर्मकाण्ड पनि गर्न नमिल्ने बताउँदै छुट्टै कामी पण्डित ल्याएर काम गर्नु भन्दै परिवारको पण्डितले भनेको उनले बताए ।

लकडाउनका कारण लामो समय देखि बन्द रहेकाले ऋण काढेर ससुराको काजक्रिया गर्न आएको उनी बताउँछन् । उनले भने, ‘तर अहिले फर्कन पनि समस्या रहेको छ, राम्रो सँग काजक्रिया गर्न पनि पाइएको छैन्, असुरक्षित भएर बसेका छौं ।’


विभेद भएको थाहा पाएका नेकपाका एक नेताले पनि अब संस्कार अनुसार बाहिरै बसेर जुठो बार्नु न त भन्दै सल्लाह दिएको उनले बताए । ती नेता नेकपाका प्रदेश समिती सदस्य समेत रहेको बुझिएको छ । उनी धरानबाट गएका थिए । उनले पनि जातीय संस्कार अनुसार नै कर्मकाण्ड गर्नुस झगडा नगर्नुस भन्दै सम्झाएको सुभाषले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved