विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौ प्रवेशमा गरिंदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसंग आफ्ना भनाई राख्न नसकेको लगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो । संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । कार्कीले प्रश्न गर्दै भने,“हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघ
धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो । आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो । धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा
धरान । नगरसभाको मिति नजिकिदै गए पछि धरान उपमहानगरपालिकामा नगरसभाको विवाद चुलिदै गएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै वडाअध्यक्षहरुले आक्रोशित बन्दै गएका छन् । आइतबार वडाअध्यक्षहरुको टोलिले बजेटको सिलिङ पठाउन माग गरेका छन् भने अर्को तिर प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले सबै बजेट नगर केन्द्रित गर्दै वडाहरुको बजेट कटौती गरेको आरोप लगाएका छन् । अघिल्ला वर्षहरुमा विनियोजित हुँदै आएको बजेट यस वर्ष ५० प्रतिशत भन्दा बढी कटौती गरेको वडाअध्यक्षहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्लो वर्ष
इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन
धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।
धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ । बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको द
धनकुटा / अविरल बर्षाका कारण पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. २ र ५ को सिमाना पर्ने कास्वा र अरुण मिसिने दोभानको ओयाङ भन्ने स्थानमा पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनले आग्रह गरेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग भएको टेलिफोन जानकारी अनुसार अरुण नदीमा झरेको पहिरोले नदी अवरुद्ध भई जुनसुकै बेलामा पनि क्षति पुर्याउन सक्ने भएकाले सचेत र सर्तक रहन नदी तटिय क्षेत्रका सर्वसाधारण नागर
आज थप ४४१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ६४ जना महिला र ३५७ जना पुरुष भएको पनि उनले बताए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गुल्मी ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७७२
धरान । सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ । चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर
धरान / विश्वव्यापी रुपमा फैलिरहेको कोरोन भाईरस (कोभिड १९) को कारण घोषित लकडाउन र त्यस पश्चात् अपनाउनु पर्ने सावधानी बारेमा १ दिने “सचेतना कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ धरान उपमहानगर समितिको अयोजनामा शनिबार होटल स्टारमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिको रुपमा जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई “इना” रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजमुपा सघीय परिषद अध्यक्ष केपी पालुङ्वा रहेका थिए भने अथितिको रुपमा डा किशोर गुरुङ, राजमुपा सघीय परिषद सचिव बिष्णु थाम्देन, राजम