दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

  • असार ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।

धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।

धरान ८ स्थित परियार सेवा समाजको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश संसद बराइलीले दलित समुदायको आयु कम हुने भएकाले नै ६० वर्षको उमेरमै वृद्धभत्ता दिन थालिएको बताइन् । देशमा भएका परिवर्तनका आन्दोलनहरुमा दलित समुदायका ज्येष्ठ नागरिकहरुको भुमिका महत्वपुर्ण रहे पनि राज्यले सम्मान गर्न नसकेको उनले बताईन् । उनले दलित समुदायको हक अधिकारका लागि एक जुट भएर आन्दोलन गर्न पनि आवश्यक रहेको बताईन् ।

समितीका संयोजक किशोर परियारको सभापतित्वमा भएको सम्मान कार्यक्रम धरान उपमहानगरपालिकाद्वारा लक्षित वर्गलाई विनियोजित बजेट अन्र्तगत कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन समितीकी सदस्य सकुन्तला त्रिखत्रीले गरेकी थिईन भने कार्यक्रममा स्वागत मन्तव्य समितीका सदस्य सचिव तारा लाम्गादेले गरेका थिए ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved