दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

  • असार ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।

धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।

धरान ८ स्थित परियार सेवा समाजको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश संसद बराइलीले दलित समुदायको आयु कम हुने भएकाले नै ६० वर्षको उमेरमै वृद्धभत्ता दिन थालिएको बताइन् । देशमा भएका परिवर्तनका आन्दोलनहरुमा दलित समुदायका ज्येष्ठ नागरिकहरुको भुमिका महत्वपुर्ण रहे पनि राज्यले सम्मान गर्न नसकेको उनले बताईन् । उनले दलित समुदायको हक अधिकारका लागि एक जुट भएर आन्दोलन गर्न पनि आवश्यक रहेको बताईन् ।

समितीका संयोजक किशोर परियारको सभापतित्वमा भएको सम्मान कार्यक्रम धरान उपमहानगरपालिकाद्वारा लक्षित वर्गलाई विनियोजित बजेट अन्र्तगत कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन समितीकी सदस्य सकुन्तला त्रिखत्रीले गरेकी थिईन भने कार्यक्रममा स्वागत मन्तव्य समितीका सदस्य सचिव तारा लाम्गादेले गरेका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved