नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह

  • असार ७, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / अविरल बर्षाका कारण पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. २ र ५ को सिमाना पर्ने कास्वा र अरुण मिसिने दोभानको ओयाङ भन्ने स्थानमा पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनले आग्रह गरेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग भएको टेलिफोन जानकारी अनुसार अरुण नदीमा झरेको पहिरोले नदी अवरुद्ध भई जुनसुकै बेलामा पनि क्षति पुर्याउन सक्ने भएकाले सचेत र सर्तक रहन नदी तटिय क्षेत्रका सर्वसाधारण नागरिकहरुलाई सर्तक रहन सुचना जारी गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए ।
जिल्ला प्रशासन कार्यालय धनकुटाद्धारा आज जारी सुचनामा पहिरोको कारण नदी अवरुद्ध भई धनकुटाका महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाहरुका नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा कुनै पनि समय विपत तथा जोखिम हुन सक्ने भएकाले उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ । वर्षात्को समयमा नदी किनारमा नजान, माछा मार्ने, पौडी खेल्ने जस्ता कुनै पनि कार्य नगर्न प्रमुख जिल्ला अधिकारी विमलीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । संखुवासभाको ओयाङ भन्ने स्थानमा आज विहानदेखि गएको पहिरोले नदीको केही भाग पुरिएको छ ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved