धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ ।
बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो ।
नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको दर रेट तोकिएको छ भने अन्यमा २ हजार १ सय ५० रुपैया तोकेको छ ।
होटल नवयुग, होटल ड्रिमल्याण्ड, होटल सन्ध्या इन, होटल सेक्ष, होटल स्टारपुर्वी, होटल ह्यापील्याण्ड, र होटल याङ्कोपमा २ हजार १ सय ५० रुपैयाको दर लागु हुने भएको हो ।